दुर्गा प्रसाईलाई रिहा गर्न माग गर्दै विरोध प्रदर्शन

<span class='c1'>दुर्गा प्रसाईलाई रिहा गर्न</span> <span class='c2'>माग गर्दै विरोध प्रदर्शन</span>

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई रिहाको लागि माग गर्दै राष्ट्रिय नागरिक श्रमिक महासंघले विरोध प्रदर्शन गरेको छ ।

सोमबार माइतीघर मण्डलमा महासंघले प्रसाईलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

प्रसाईलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई तीन दिन हिरासतमा राख्न आइतबार नै प्रहरीलाई अनुमति दिएको थियो । आइतबार उनकै निवासबाट साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो । सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो । भने गत बुधबार प्रसाईसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालते पक्राउ पुर्जी जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्