प्रचण्डको नेतृत्वमा अहिलेसम्म कै सबैभन्दा राम्रो संविधान आएको छ : सन्तोष परियार

<span class='c1'>प्रचण्डको नेतृत्वमा अहिलेसम्म कै सबैभन्दा राम्रो</span> <span class='c2'>संविधान आएको छ : सन्तोष परियार</span>

काठमाडौं । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रचण्डको नेतृत्वमा सबैभन्दा राम्रो संविधान आएको भन्दै फेरि एकपटक नेतृत्व गर्दिनका लागि आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै उनले प्रचण्डलाई फेरि दलित, महिला, मधेश पहिचानको पक्षमा संविधान बनाउन नेतृत्व गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘म युद्धविरोधी मानिस हुँ तर मिलाउनुहोस्, प्रचण्डको नेतृत्वमा संविधान बन्यो । फेरि एकपटक नेतृत्व गर्दिनुहोस् म अनुरोध गर्न चाहन्छु । तपाईको नेतृत्वमा भएकामध्ये सबैभन्दा राम्रो संविधान आयो, फेरि नेतृत्व गरिदिनुस्, दलित, महिला, मधेश पहिचानको पक्षमा संविधान बनाउने नेतृत्व गरिदिनुस् । उनले संविधान संशोधन गरेका देशहरु नै धेरै समय टिक्ने कारण संशोधनबाट डराउनु नपर्ने भन्दै बरु समयअनुकूल संशोधन गरेर अघि बढ्नुपर्ने बताए ।

उनले सरकारले संविधान संशोधनको मुद्दा अघि सारेपनि नियतमा प्रश्न उठेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्