सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित राजदूत भट्टराई बारे निर्णय गर्ने

<span class='c1'>सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित</span> <span class='c2'>राजदूत भट्टराई बारे निर्णय गर्ने</span>

काठमाडौं । श्रीलंकका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गर्न मंगलबार संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

बिहान ९ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ ।

यसअघि समितिले भट्टराईको शैक्षिक प्रमाणपत्र नभेटिएपछि नियुक्ति सिफारिस थाती राखेको थियो । समितिले परराष्ट्र मन्त्रालयसंग भट्टराईको राजदूत पदको योग्यताका लागि आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र माग गरे पनि प्राप्त गरेको छैन । राजदूत नियुक्ति सम्बन्धी निर्देशिकामा नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक गरेको हुनुपर्ने उल्लेख छ ।

योग्यता नपुगेको पाइएपछि सोमबार भट्टराईको नाम अस्वीकृत गर्न बोलाइएको बैठक कोरम नपुगेको कारण निर्णय नगरी सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्