विराटनगर जूनियर जेसिजद्वारा “कृत्रिम बुद्धिमत्ता: मेरो साथी” तालिम सम्पन्न

<span class='c1'>विराटनगर जूनियर जेसिजद्वारा “कृत्रिम बुद्धिमत्ता:</span> <span class='c2'>मेरो साथी” तालिम सम्पन्न</span>

विराटनगर । विराटनगर जूनियर जेसिजले "Artificial Intelligence: My Friend" (कृत्रिम बुद्धिमत्ता: मेरो साथी) शीर्षकमा एक दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ। शनिबार जेसिज भवनमा आयोजित उक्त कार्यक्रम गौरव कर्णको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा विराटनगर महानगरपालिका-८ का वडाध्यक्ष राम पोखरेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए। शुभश्री नेटवर्क प्राइवेट लिमिटेडका सीइओ अनुराग श्रेष्ठले तालिमको प्रशिक्षण दिएका थिए।

कार्यक्रममा विराटनगर जूनियर जेसिजका संस्थापक अध्यक्ष जेसी डा. संदेश दास श्रेष्ठ, जूनियर जेसिज कोर्डिनेटर जेसी कविराज दाहाल, जूनियर जेसिजका पूर्व अध्यक्ष जेसी उज्ज्वल खरेल र जेसिजका महासचिव जेसी प्रशान्त घिमिरे लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यस तालिमले सहभागीहरूलाई कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा नवीनतम जानकारी र सीपहरू प्रदान गरेको छ, जसले गर्दा उनीहरूलाई यस प्रविधिसँग परिचित हुन र यसको प्रयोग गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्