नेपाल पत्रकार महासंघको निर्वाचन बारे अदालतले माग्यो लिखित जवाफ

<span class='c1'>नेपाल पत्रकार महासंघको निर्वाचन बारे</span> <span class='c2'>अदालतले माग्यो लिखित जवाफ</span>

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणसहित लिखित जवाफ माग गरेको छ ।

महासंघको निर्वाचनको विषयलाई लिएर परेको रिटमाथि सोमबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको हो ।

ध्रुवप्रसाद चौलागाईले पत्रकार महासंघलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा ६ महिनाभित्र निर्वाचन गराउन अन्तरिम आदेशको माग गरिएको छ ।

रिट निवेदनमा वर्तमान कार्यसमितिले तोकिएको मितिमा निर्वाचन गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट निकास दिनुपर्ने माग गरिएको थियो। रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्