रंगेलीमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु, एकजना घाईते

<span class='c1'>रंगेलीमा चट्याङ्ग लागेर एक</span> <span class='c2'>महिलाको मृत्यु, एकजना घाईते</span>

रंगेली । मोरङको रंगेली नगरपालिका–९ धनजुवामा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । खेतमा घाँस काट्ने क्रममा २८ वर्षीया साकरो हेमरमको मंगलबार दिउँसो मृत्यु भएको हो ।

रंगेली प्रहरीका अनुसार दिउँसो १२ः३० बजे उनी खेतमा घाँस काटिरहेको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

यसैगरी २२ वर्षीया बिनिता हेमरमको समेत स्वास्थ्यमा समस्या देखिएको छ । उनको चट्याङपछि कानबाट रगत बगेको छ । उपचारका लागि उनलाई रंगेली अस्पतालमा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्