विराटनगरमा बंगलादेशमा चिकित्सा शास्त्र अध्ययनको अवसर बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगरमा बंगलादेशमा चिकित्सा शास्त्र अध्ययनको</span> <span class='c2'>अवसर बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न</span>

विराटनगर । नेपाली विद्यार्थीहरूलाई बंगलादेशमा चिकित्साशास्त्र अध्ययनका अवसर बारे जानकारी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

विराटनगरको एचिभार्स कन्सल्टेन्सी सर्भिसेजमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बंगलादेशको Diabetic Association Medical College, Faridpur का प्रिन्सिपल डा. एम.डी. Zohirul Islam Miah प्रमुख वक्ता रहनुभएको थियो।

डा. Miah ले बंगलादेशमा नेपाली विद्यार्थीहरूका लागि चिकित्सा अध्ययनको उत्कृष्ट अवसर रहेको बताउनुभयो। उहाँका अनुसार, बंगलादेशको शान्तिपूर्ण वातावरणले विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउँछ। पछिल्ला वर्षहरूमा बंगलादेशले शिक्षा क्षेत्रमा ठूलो सुधार ल्याएको र चिकित्सा क्षेत्र सुरक्षित तथा आकर्षक गन्तव्यको रूपमा विकास भएको जानकारी उहाँले दिनुभयो।

कार्यक्रममा डा. Miah ले Diabetic Association Medical College, Faridpur मा उपलब्ध सुविधाहरूबारे पनि बताउनुभयो। कलेज र होस्टेल बीचको दुरी मात्र दुई मिनेटको रहेको, होस्टेलमा विद्यार्थीहरूले घरकै खाना बनाउन सक्ने व्यवस्था भएको र कलेजको अस्पतालमा इन्टर्नशिपको अवसर प्रदान गरिने जानकारी दिइयो। अन्य कलेजहरूमा जस्तो इन्टर्नशिपका लागि छुट्टै शुल्क नलाग्ने कुरा पनि उहाँले बताउनुभयो।

उहाँले बंगलादेशको ढाका शहरमा अवस्थित Diabetic Association Medical College को वातावरण शान्तिपूर्ण रहेको उल्लेख गर्दै, नेपालका विद्यार्थीहरूका लागि अहिले बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न उपयुक्त समय रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा उपस्थित विद्यार्थी र अभिभावकहरूले बंगलादेशमा चिकित्साशास्त्र अध्ययनका लागि भएका अवसरबारे विस्तृत जानकारी पाएका थिए। डा. Miah ले बंगलादेशका मेडिकल कलेजहरूले गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र उत्कृष्ट सिकाइ वातावरण प्रदान गर्ने भएकाले, नेपाली विद्यार्थीहरूले आफ्नो भविष्यका लागि यसलाई राम्रो विकल्पको रूपमा लिन सक्ने बताउनुभयो।

यस अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूलाई बंगलादेशको चिकित्सा शिक्षा प्रणाली, त्यहाँको वातावरण, र अध्ययनका लागि भएका सुविधा बारे व्यापक जानकारी प्रदान गरेको छ। कार्यक्रमले नेपाली विद्यार्थीहरूलाई बंगलादेशमा उच्च शिक्षा हासिल गर्न प्रेरित गरेको आयोजकहरूले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्