जसपा नेपालको अभियन्ता अभिमुखीकरण कार्यक्रम ओखलढुङ्गामा

<span class='c1'>जसपा नेपालको अभियन्ता</span> <span class='c2'>अभिमुखीकरण कार्यक्रम ओखलढुङ्गामा</span>

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालको जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत ओखलढुङ्गामा अभियन्ता अभिमुखीकरण कार्यक्रम हुन लागेको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार सो अभियानको उद्घाटन गर्नेछन् । पालिका समितिको जिम्मेवारीमा खटिएका केन्द्रीय सदस्यहरुलाई आफ्नो जिम्मेवारी निर्वाह गर्ने सन्दर्भमा आवश्यक निर्देशन र प्रशिक्षण गर्न पार्टीले सबै प्रदेशमा अभिमुखीकरण आयोजना गरे बमोजिम ओखलढुङ्गामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

जसपा नेपालले सबै तहका पदाधिकारी एवं सदस्यहरुलाई सक्रियतापूर्वक पार्टी सुदृढीकरण एवम् शुद्धिकरण कार्यमा निरन्तर लाग्न निर्देशन दिएको छ । यस अभियानमा असहयोग गर्ने, निष्कृय रहने, सहभागी नहुनेलाई मातहतका समितिले पार्टीको जिम्मेवारीबाट मुक्त गर्न सक्ने बताइएको छ । जसपा नेपालले केन्द्रीय सदस्यहरुलाई पालिकाको सङ्गठन गठन, पुनर्गठनका लागि जिम्मेवारी तोकेको छ । भने पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरुलाई सो अभियानको समन्वय र अनुगमनको जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्