भन्सार जाँचपासमा सेटिङ आशंकामा विराटनगरबाट प्रहरी नियन्त्रणमा परे दुईवटा ट्रक

<span class='c1'>भन्सार जाँचपासमा सेटिङ आशंकामा विराटनगरबाट</span> <span class='c2'>प्रहरी नियन्त्रणमा परे दुईवटा ट्रक</span>

विराटनगर । प्रहरीले भन्सार जाँचपासमा मिलेमतो भई राजस्व चुवावट भएको आशंकामा दुईवटा ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको छ । प्रहरीमा आएको सूचनाका आधारमा भन्सार एजेन्ट अरुण खेतानले क्लियरिङ्ग गराएको सामान प्रहरीले नियन्त्रणमा लिएपछि राजस्वमा बुझाएको हो । सामान इष्टर्न क्लियरिङ्ग फरवार्डिङ्गबाट जाँचपास गराइएको थियो । यद्यपी यो सामान भन्सार एजेन्ट खेतानकै रहेको उनी आफैंले दावी गरेका छन् ।

खेतानले प्रहरीलाई कसैले सूचना दिएर सामान पक्राएको बताए । उनले राजस्व अनुसन्धानको टोलिसँग अनुमति लिएर वा राजस्वले सहयोग मागे बाहेकको अवस्थामा प्रहरीले मालवस्तु बोकेका ट्रक नियन्त्रणमा लिने काम गैरकानुनी र बार्गेनिङ्ग पोइन्ट अफ भ्यू बाहेक केहि नभएको आरोप लगाए । ‘यदि राजस्वले पक्रनु भन्ने खबर गरेको भए, उनीहरुले राजस्वमा बुझाउँथे खेतानले भने–ट्रक पक्राउ गरेर कहाँ बुझाउने भन्ने कुरा यकिन भएको छैन भन्दै भने,  उनका अनुसार प्रहरीले नियन्त्रणमा लिइएको ट्रक कहाँ बुझाउने भन्ने यकिन छैन भन्नुको अर्थ नै गलत लाग्छ । खेतानले पक्राउ परेको ट्रकमा लोड भएको सामान कन्टेनरबाट नभई भन्सार गोदामबाट ट्रकमा लोड भएको हुनाले कैफियत नभएको दावी गरे । राजस्वले अनुसन्धान गरेर भन्ला, त्यो कुरा पनि भनौला तर भन्सार जाँचपासमा कुनै अन्डर बिलिङ छैन, सामान हाम्रै हो ।

मंगलबार विहान राजस्व चुहाव गरिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले विराटनगर–१४ एमएम प्लाष्टिक उद्योग अगाडीबाट ट्रक नियन्त्रणमा लिइएको खेतानले जानकारी दिए । प्रदेश १–०२–००२ ख ०४१६ ट्रकसहित चालक विराटनगर–१९ का २९ वर्षीय ललित सरदार तथा ना ४ ख ८८७४ नम्बरको ट्रकसहित चालक मोरङको कानेपोखरी गाउँपालिका–५ का ४६ वर्षीय दुखनलाल चौधरीलाई नियन्त्रणमा लिइएको थियो ।

मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले राजस्व चुहावट गरेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएका ट्रक राजस्व अनुसन्धान कार्यालय इटहरीमा कारवाहीका लागि पठाइएको जानकारी दिए । प्रहरीले प्राप्त गरेको सूचनामा प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बढी सामान ट्रकमा रहेको र भन्सार मूल्यांकन कम गरिएको भन्ने थियो । १ करोड ३५ लाख रूपैयाँ बराबर राजस्व चुहावट भएको सूचनापछि ट्रक नियन्त्रणमा लिइएको हो ।

ट्रकमा घरेलु तथा कृषिजन्य सामग्री रहेका छन् । एउटा मात्रै प्रज्ञापन पत्रमा दुवै ट्रक जाँचपास गराउन भन्सार कार्यालयमा सेटिङ भएको हुनसक्ने सम्बन्धित क्षेत्रमा काम गर्दै आएकाहरुले समेत आशंका गरेका छन् । खेतानले आफ्नो सामान भनेपनि प्रहरीका अनुसार लक्ष्मी राठी सञ्चालक रहेको बागमती इन्टरप्राइजेजको सामान रहेको प्रहरीको बताएको छ । विराटनगर भन्सारमा पछिल्लो समय सेटिङमा मालवस्तु पास गर्ने काम तिव्र हुँदै आएको सूचना यस अगाडी समेत बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्