निर्माण व्यवसायीहरुले धेरै अप्ठ्यारा चुनौतीहरुको सामना गर्नुपरेको छ : मन्त्री सिंह

<span class='c1'>निर्माण व्यवसायीहरुले धेरै अप्ठ्यारा चुनौतीहरुको सामना</span> <span class='c2'>गर्नुपरेको छ : मन्त्री सिंह</span>

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार सिंहदरबारमा उनीहरुले मन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् ।

निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री सिंहले निर्माण व्यवसायीहरुले धेरै अप्ठ्यारा चुनौतिहरुको सामना गर्नु परेको बताए । उनले निर्माण व्यवसायीमा देखिएका समस्या चाँडो भन्दा चाँडो सरकारले समाधान गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘निर्माण व्यवसायीमा काम गर्दैगर्दा खेरी धेरै अप्ठ्याराहरु रहेका छन् । समग्र रुपमा नै निर्माण व्यवसायीहरुको काम गर्दाखेरीको चुनौतिहरु जुन सामना गरिरहनु भएको छ , योे निर्माण व्यवसायीहरुको मुख्य समस्या जुनमा छ त्यो सरकारले चाँडो भन्दा चाँडो विशेष ध्यान दिएर समाधान गर्ने छ ।’

साथै उनले राम्रो नतिजा आउने गरेर काम गर्ने समेत बताए । उनले काम गर्नको लागि सहजता हुने गरी सरकारले ऐनहरुमा र नीतिगत रुपमा संशोधन गर्नुपर्ने कुरामा ध्यान दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्