विराटनगरको सत्यनारायणमा, कक्षा ५ अध्ययनरत क्यान्सर पीडित साक्षीलाई उपचार सहयोग याचना

<span class='c1'>विराटनगरको सत्यनारायणमा, कक्षा ५ अध्ययनरत क्यान्सर</span> <span class='c2'>पीडित साक्षीलाई उपचार सहयोग याचना</span>

विराटनगर । विराटनगर–५ मा डेरा वास बनाएर बसको सहचालकको काम गर्दै थिए रबिन्द्रकुमार चौधरी । उनी श्रीमती, दुई छोरी र एक छोरा तथा आमाबुबालाई जसोतसो भरोसा दिईरहेका थिए । छोराछोरीलाई बिद्यालयमा पढाईरहेका उनको जीवनमा नराम्रोसँग दुःख पस्यो । त्यो हो १२ वर्षमात्रै पुग्दै गरेकी कान्छि छोरी साक्षीलाई ब्लड क्यान्सर देखियो ।

विराटनगर सत्यनारायण विद्यालय कक्षा ५ मा अध्ययन गर्दै आएकी साक्षीको अहिले उपचार गराउने ध्यानमा रबिन्द्र छन् । उनीसँग पैसा अभाव भएपछि दिल्लीको एम्स अस्पताल पु¥याएकी बिरामीलाई फिर्ता लिएर आएका छन् । एम्स जानु अगाडी उनले काठमाण्डौंमा उपचार गराएका थिए । तर, बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएपछि एम्समा लिएर पुगेका हुन् ।

त्यहाँ उनलाई १६ लाख नेपाली रुपेैँया लाग्ने बताएपछि उनीसँग छोरी बचाउने पैसा जोहो गर्नुपर्ने अवस्था छ । छोरीलाई कोशी अस्पतालमा भर्ना गरेर रगत दिएर राखिएको बिरेन्द्रले बताए । उनले केहि पैसाको जोरजाम भए छोरीको उपचार गराउने आसा राखेका छन् । बहिनीको उपचार गर्ने पैसा नहुँदा उनको अवस्था दैनिक नाजुक हुँदै गएको दिदी सपना चौधरीले बताइन् ।

साक्षी पढ्दै आएकी विद्यालय सत्यनारायण माध्यमिक विद्यालयले एकलाख ६ हजार रुपैँया सहयोग रकम दिएको छ । प्रधानाध्यापक पुरुषोत्तम गुरागाईले विद्यार्थी र शिक्षकहरूको संयुक्त प्रयासबाट एक लाख ६ हजार रुपैयाँ सङ्कलन गरेर दिनु भएको सपनाले जानकारी दिइन् । अहिले यदि कसैले केहि रकम दिए मात्रै पनि बहिनीको उपचार सहजता हुने आसा उनीहरुको छ । त्यसका लागि
आर्थिक सहयोगका लागि
बैंक स् नेपाल बैंक लिमिटेड
रबिन्द्र कुमार चौधरी
खाता नम्बर : ०१३०१०००७०००५६००००१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्