कोशी अस्पताल विराटनगरमा सधैं भद्रगोल, नयाँ मेसुमा यूएन–वुमन अवार्ड सम्मानित रुना झा नियुक्त

<span class='c1'>कोशी अस्पताल विराटनगरमा सधैं भद्रगोल, नयाँ मेसुमा</span> <span class='c2'>यूएन–वुमन अवार्ड सम्मानित रुना झा नियुक्त</span>

इन्दु साह
विराटनगर । पूर्वी नेपालको प्रमुख सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालमा सेवाग्राहीहरूले लामो समयदेखि विभिन्न समस्याहरू भोग्दै आएका छन् । यस अस्पतालमा देखिएका समस्याहरूले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच र गुणस्तर जटिलता रहँदै आएका छन् । समस्याले जेलिएको कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा भने डा.रुना झालाई नियुक्त गरिएको छ ।

अस्पताल सुधारमा केहि पहल गर्ने व्यक्तिलाई मेसुमा ल्याउनुपर्ने माग धेरैले गर्दै आएका छन् । मेसुको जिम्मेवारी पाएकी डा झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वरिष्ठ विशेषज्ञ प्याथालोजिष्ट हुन् ।

उनले कोभिड–१९ को महामारीमा खेलेको भूमिका प्रशंसनीय रहेको थियो । संयुक्त राष्ट्रसंघ अन्तरगतको यूएनवुमन नामक अन्तर्राष्ट्रिय संस्थाबाट उनी सम्मानित भएकी थिइन् । उनी विश्वभरका पाँचजना प्रभावशाली महिलाभित्र परेकी थिइन् । उनले विगतको निर्वाह गरेको भूमिका कोशी अस्पतालमा देखाएर सफल भइन् भने धेरैले सहज उपचार पाउने थिए भन्ने कुरा उनी मेसुमा नियुक्त भएपछि चर्चा चलेको छ ।
स्थानीय हरिहर दासले बुधबार पहिले कोशी अस्पताल भनेपछि भरोसा लाग्ने गरेपछि अहिले जोखिम मोल्नुपर्छ जस्तो लाग्न थालेको बताए । उनले कहिल्यै सुधार नहुने अस्पतालमा क्षमतावान् मेसु आवश्यक परेको बताए । अस्पतालमा कुनै पनि प्रकारको गुनासो व्यवस्थापन प्रणाली छैन । सेवाग्राहीहरूले आफ्ना समस्या वा असन्तुष्टि राख्ने कुनै औपचारिक माध्यम नभएको गुनासो गरेका छन् । अस्पताल आएका सेवाग्राही भन्छन् हामीले कहाँ गएर भन्ने ? कसले सुनिदिन्छ सुन्छ हाम्रो कुरा ? लगायतका प्रश्न सेवाग्राहीका हुने गरेका छन् । अस्पतालका कर्मचारीहरूको नियुक्ति र व्यवस्थापनमा राजनीतिक हस्तक्षेप भएको आरोप लागेको छ । यसले गर्दा योग्य र अनुभवी कर्मचारीहरूको अभाव भएको र सेवाको गुणस्तरमा ह्रास आएको बताइएको छ ।

बिरामीहरू बिहान ८ बजेदेखि नै लाइनमा बस्दा पनि कर्मचारीहरू १० बजेपछि पनि अस्पताल प्रशासनमा आएका हुदैनन् । यसले गर्दा बिरामीहरूले लामो समय प्रतीक्षा गर्नुपर्ने बाध्यता छ । उपचारमा आएका सेवाग्राहीले अब नयाँ मेसु महिला पनि क्षमतावान् पनि आएकोले केहि हुन्छ की भन्ने आसा पलाएका बताएकाछन् । यद्यपी उनी हाजिर हुने दिन भने यकिन भएको छैन ।

संघमा सरकार फेरिने र विभागिय मन्त्रालयमा मन्त्री फेरिएसँगै कोशी अस्पतालमा मेसु फेरिन्छ । यसअघि ११ औं तहका डा चन्द्रभाल झालाई हटाएर १० तहका डा रविनराज सिंहलाई मेसु तोकिएको थियो । उनीहरु समेत आउने जाने मात्रै गरिरहेका छन् । झालाई नियुक्त गर्नु अगाडी सिंह थिए भने सिंहले पुनः झालाई विस्थापित गरेर मेसु भएका थिए । गत भदौ १३ गते स्वास्थ्य मन्त्री प्रदिप पौडेल अनुगमनमा आउँदा समेत कोशी अस्पतालको भद्रगोल झेलेर निस्केका थिए । मेसु सिंह कोशी भन्दा बाहिरका निजी अस्पतालमा कुद्ने काम धेरै गर्ने आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्