विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटि अधिवेशन अगाडी नै पुर्नगठन गरिएको छ । मोरङ जिल्ला कमिटि जस्तै महानगरपालिकामा समेत अधिवेशन हुनु अगावै नयाँ कमिटि चयन गरिएको हो ।
महानगरपालिकाको अध्यक्षमा रोहित कोइरालाई चयन गरिएको छ । उनी यस अगाडी सागर थापा अध्यक्ष हुँदाको कमिटिका सचिव थिए । सागर थापालाई कारवाही गरेर कोइरालालाई अध्यक्ष बनाउने योजना यस अगाडी नै सार्वजानिक भईसकेको थियो ।
कोइरालामा अध्यक्ष, उपाध्यक्षमा सुनिता श्रेष्ठ, सचिव बलराम गिरी नविन, उपसचिव अन्ताज हुसैन र गणेश साहलाई चयन गरिरहेको छ ।