कोशी प्रदेशका महिलामा एचपीभी परीक्षण अभियान

<span class='c1'>कोशी प्रदेशका महिलामा</span> <span class='c2'>एचपीभी परीक्षण अभियान</span>

इन्दु साह
विराटनगर । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले महिलाहरूको स्वास्थ्य सुधारका लागि महत्त्वपूर्ण कदम चालेको छ। प्रयोगशालाले पाठेघरको मुखमा हुने क्यान्सरको प्रमुख कारक मानिएको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) परीक्षण अभियान सुरु गरेको हो।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी प्रकाश चन्द्र कार्कीका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ मा कोशी प्रदेशका एक लाख व्यक्तिमा एचपीभी भाइरसको परीक्षण गर्ने लक्ष्य राखिएको छ। यो वर्ष ठूलो लक्ष्य राखेका छौं कार्कीले भने, यो परीक्षणले पाठेघरको मुखमा हुने क्यान्सरको सुरुवाती पहिचान र रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

२०८०÷०८१ मा यो अभियान कोशी प्रदेशमा सुरु गरीएको हो । अभियान सुरु भएदेखि हालसम्म ५ हजार ५५७ जनाको नमूना परीक्षण गरिएको छ। यी परीक्षणहरू धरान, दुहवी, विराटनगरको कोशी अस्पताल र पाँचथरका विभिन्न व्यक्तिहरूमा गरिएको छ। एचपीभी परीक्षणले पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम भएका महिलाहरूको पहिचान गर्न मद्दत गर्छ। यसले समयमै उपचार र रोकथामका उपायहरू अपनाउन सहयोग पुर्‍याउँछ। यो अभियान सकारात्मक कदम हो ।

यसले केही चुनौतीहरू पनि सामना गर्नुपरेको छ। धेरै महिलाहरू अझै पनि यस्ता परीक्षणको महत्त्व बुझ्न सकेका छैनन् र कोशी प्रदेशका दुर्गम क्षेत्रहरूमा सेवा पुर्‍याउन चुनौतीपूर्ण छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आगामी वर्षहरूमा यो सेवालाई अझ विस्तार गर्ने योजना बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्