गुडलाईफले ल्यायो कफी गम, चुइगम

<span class='c1'>गुडलाईफले ल्यायो कफी</span> <span class='c2'>गम, चुइगम</span>

विराटनगर । गुडलाईफले नयाँ उत्पादनको रुपमा ‘कफी गम’ बजारमा ल्याएको छ । यो कफीसहितको चुइगम हो । क्यापाचिनो र अमेरिकानो मन पराउनेहरुका लागि गुडलाइफको नयाँ उत्पादन कफी गम आकर्षक हुने दावी गरिएको छ ।

कफी गम, चुइगमको केन्द्रमा वास्तविक कफीको तरल पदार्थ राखिएको छ । गुडलाईफका निर्देशक आशिष जाजुका अनुसार कफी गम युवा कफी प्रेमीहरूलाई लक्षित गरेर बनाइएको हो । यसले बजारमा नयाँ स्वादको नयाँ प्रयोग बढाउन मद्दत समेत गर्नेछ ।

यो उत्पादन कफीप्रेमी र चुइगम प्रेमीहरुका लागि डिजाइन गरिएको बताइएको छ । जसले कपको आवश्यकता बिना नै कफीको चाहना पूरा गर्ने रमाइलो तरिका प्रदान गर्नेछ।

वास्तविक तरल कफी भएको कफी गम क्यापुचिनो र अमेरिकानो मन पराउनेहरूका लागि विशेष रूपमा सान्दर्भिक छ । प्रत्येक प्याकेटमा १५० वटा गम समावेश रहेको बताउँदै गुडलाईफले हरेक गमको मुल्य बढीमा दुई रुपैयाँ पचास पैसा पर्ने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्