विभिन्न क्षेत्रमा उत्कृष्ट हुने शिक्षादीप कलेजका विद्यार्थीलाई नगद सहित सम्मान

<span class='c1'>विभिन्न क्षेत्रमा उत्कृष्ट हुने शिक्षादीप</span> <span class='c2'>कलेजका विद्यार्थीलाई नगद सहित सम्मान</span>

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने तथा निबन्ध प्रतियोगिताको उत्कृष्ट २० जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको हो ।

निवन्ध प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय सहित उत्कृष्ट २० जना र मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए ।
केही समय अगाडी गरेको इन्जियिरङितर्फको कक्षा १२ को पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने आयूष रिजाल, रुषन दाहाल, गौरव भट्टराईलाई पुरस्कृत गरिएको हो । त्यसैगरी कक्षा १२ मा अध्ययनरत मेडिकलतर्फ लिएको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने गौरव सिंह, महोमद सादिक अमिन, पुष्पराज तिम्सिना, जयन्ती मण्डल र अमन साहलाई पुरस्कृत गरिएको छ ।
त्यसैगरी कक्षा ११ मा मेडिकलको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने निहारीका ढकाल, सिरिन भट्टराई र इन्जिनियरिङ अन्नत भट्टराइलाई कलेजले नगदसहित सम्मान गरेको छ ।

शिक्षादीप कलेजले कक्षा ११ र १२ मा मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षा गर्दै आएको छ । यसरी पुर्व अभ्यास परीक्षामा गरेको कारण संघिय राजधानी बाहिर मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि सबैभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्ने कलेजको रुपमा शिक्षादीप अगाडी रहेको छ । यस वर्षको प्रवेश परीक्षामा एमबीबीएसमा शिक्षादीप कलेजका पाँच जना विद्यार्थीहरुले पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएको छ । इन्जिनियरिङ्गमा शिक्षादीपका चार जना विद्यार्थीले टप १०० भित्र नाम निकाल््न सफल भएका छन् । इन्जिनियरङमा संघीय राजधानी बाहिर विराटनगरबाट टप १०० भित्र नाम निकाल््न सफल हुने शिक्षादीप एक मात्र कलेज भएको दाबी गरिएको छ । त्यसैगरी कलेजले ओजोन दिवसको अवसर पारेर ‘ओजोन तह विनास र संरक्षणका उपायहरु’ शीर्षकमा निवन्ध प्रतियोगिता आयोजना गरेको थियो ।

कक्षा ११ र १२ का गरी विज्ञान संकायका १५० जना विद्यार्थीहरु सहभागी भएको उक्त प्रतियोगिताको प्रथम साम्राघी बस्नेत र सिरिन भट्टराई, द्धितीय शकिल अहमद हक र मोनालिसा यादव तथा र तृतीय सदिक्षा राई भएका थिए । सम्मानित भएका विद्यार्थीहरुलाई कलेजका प्रिन्सिप ज्ञानबहादुर खड्का, निर्देशक भुपेन्द्र दाहाल र विज्ञान संकायका संयोजक नवीन रोयले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्