न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा नेपालका प्रथम महिला राधिका शाक्य सहभागी भएकी छन् ।
अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य सहभागी भएकी हुन् ।
न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिन यहाँ आएका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो ।