नर्स छैनन्, स्वास्थ्य विज्ञ कसको सुझावमा चल्छन् : डाक्टर कार्की

<span class='c1'>नर्स छैनन्, स्वास्थ्य विज्ञ कसको</span> <span class='c2'>सुझावमा चल्छन् : डाक्टर कार्की</span>

विराटनगर । विराट मेकिडल कलेज एण्ड टिचिङ हस्पिटलले एक हजार नर्सको आवश्यकता खुलाएको छ । यस सन्दर्भमा विराट टिचिङ्ग कलेज एण्ड मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीसँगको सारसंक्षेप :

दक्ष जनशक्ति नर्स चाहिएको छ । एक हजार मागियो, दुई जना दश जनाले आवेदन दिए । सय÷दुई सय माग्दा दुईजना आउँछ । तलव स्केल बढाउनु पर्छ, पाँचवर्ष बस्न सक्नेलाई राम्रो प्याकेज दिएर ५० हजार समेत दिन तयार हुनुपर्ने अवस्था छ । किन की अस्पतालहरुमा नर्सिङ केयर बिनाको सेवा संभव छैन ।
अहिले आकस्मिक कक्ष ‘ब्याकलक’ भएर बसेका सयौं बिरामी हुन्छन् । तिनीहरुलाई अन्य पठाउन सकिदैन । दुई सय बढी क्रिटिकल बिरामी छन् । शै्या छ तर नर्स छैनन् । बिरामी भर्ना गर्न नर्स चाहिन्छ ।

यो अवस्था आउन को जिम्मेवार हो ? १३७ नर्सिङ उत्पादन गर्ने शैक्षिक संस्था थिए । चार हजार जनशक्ति उत्पादन हुँदै आएका थिए । त्यसले पनि पुगेको थिएन । अहिले ३९ वटा छन्, बाँकी बन्द गराइयो । चिकित्सा शिक्षा आयोग भन्छ–नर्सिङ पढाउन मेडिकल कलेजलाई नदिने । अर्कोले भन्छ सय बेडको अस्पताल चाहिन्छ । गहन अध्ययन बिनाको निर्णयले नागरिकको स्वास्थ्यमा खेलबाड भईरहेको छ । हिजोको निर्णयले आज असजिलो भईसक्यो, आजको निर्णयले भोलिलाई पर्ने देखिन्छ ।

दशवर्षपछि जनशक्ति मारामार भएर तत्काल उत्पादन गर्छु भन्दा हुँदैन । सर्भिस त आजको आवश्यकता हो । आज पूरा नभई भोलि जनशक्ति उत्पादन हुँदैछन् भन्ने कुरा सपना हुन्छ । भौतिक संरचनाको अंकुश लगाएर नर्सिङ जनशक्ति उत्पादन रोक्दा प्यारामिटर आरोलो लाग्दै गईसकेका छन् । स्वास्थ्य क्षेत्रका प्यारामिटर माथि गईरहेको बेला एक्कासी ओरालो लाग्दो क्रममा देखिन थालेका छन् ।

उत्पादन गर्ने संस्था हुँदा चेक एण्ड ब्यालेन्स भईरहेको थियो । यसले युवा पलायनलाई ब्यालेन्स गरिरहेको थियो । सबैभन्दा धेरै नर्सिङ र मेडिकल जनशक्ति विदेशीने गरेको छ । अहिले पनि त्यहि छ । संसारभर नेपालको मेडिकल जनशक्तिले ख्याती पाईरहेको थियो । उत्पादन हुने र विदेश जाने क्रम जारी रहेपनि कम्तिमा अभाव हुने थिएन ।

अहिले अर्को निर्णय आईरहेको छ । प्लस टु सकाएकालाई नर्सिङ्ग पढ्न रोक्ने ! प्लस टु सकेर तीनवर्ष अध्ययन गरेपछि जनरल नर्सिङ्ग पढाउने भन्ने आईरहेको छ । स्टाफ नर्स नै राम्रो जनशक्ति थियो । यसले नागरिकलाई राम्रो सर्भिस पुगिरहेको थियो । विश्व बजारमा बिकिरहेको थियो । अब यो नयाँ नियमले अर्को समस्या सिर्जना हुँदैछ ।

कसले फण्डिङ गरेको छ ? परिणाम दिईरहेको पढाईलाई रोकेर आफ्नो खल्तीको नियम लगाउने ? अब प्लस टु तर्फ जानु हुँदैन । कति जनशक्ति उत्पादन हुन्छ, त्यसको सन्तुलन कायम गर्नतर्फ जिम्मेवारी लिनुपर्छ । आज चाँहि समस्या पर्दैछ, भोलि के गर्ने भन्ने छैन । राज्य कहिले संवेदनशील हुन्छ । हुन त राज्य पनि कहाँ छ भन्नु जस्तो भईसक्यो । मन्त्रीले मात्रै चलाईरहेको छैन । स्वास्थ्य विज्ञले सरोकारवाला निकायसँग सुझाव नलिइकन किन निर्णय गराईरहेका छन् भन्ने कुराले चिन्ता बढाईरहेको छ ।

सय बेड अस्पतालले नर्सिङ कलेज चलाउन असजिलो छ । ५० बेडले पुग्थ्यो । आजको एआई जमानामा एउटै अस्पतालले टिचिङ सर्भिर कन्डक्ट गर्नुपर्छ भन्ने थिएन । कुनै कार्यक्रमहरु एउटैले चलाउँदा पनि सेवा सेयर हुन सक्थ्यो । तर, नियमहरुकै कारण नर्सिङ्ग अभाव हुँदै गयो । नेपालीले अब यो आफ्नो स्वास्थ्यको क्षेत्र सुधार गर्नुपर्छ । आजको अर्कमण्यताले भोलि दुःख हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्