इलेक्ट्रोनिक भोटिङ प्रक्रियामा अघि बढ्न आयोगलाई सुझाव

<span class='c1'>इलेक्ट्रोनिक भोटिङ प्रक्रियामा अघि</span> <span class='c2'>बढ्न आयोगलाई सुझाव</span>

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचन आयोग अब इलेक्ट्रोनिक भोटिङ प्रक्रियामा जानुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले निर्वाचन पद्धतीमा धेरै नै सुधार आएपनि भोट गन्ने कुरामा अझै समस्याहरु देखिएको भन्दै यसलाई अन्त्य गर्न इलेक्ट्रोनिक भोटिङमा जानुपर्ने बताएका हुन् ।

उनले भने, ‘निर्वाचन आयोगले सोच्नुपर्ने के हो भने अब विद्युतीय मतदान प्रक्रियामा जानुपर्छ । यसको सफल प्रयोग भारतमा भएको छ । अहिले पनि निर्वाचन पद्धतीमा धेरै नै सुधार भएको छ । मतदाताहरुको अधिकार सुनिश्चित भएको छ । भोट सुरक्षित रुपमा दिने अवस्था बनेको छ । भोट गन्ने कुरामा भने अझै केही समस्याहरु देखिएका छन् । यसलाई अन्त्य गर्न इलेक्ट्रोनिक भोटिङमा जाने कुरालाई नै छलफलमा अगाडि लानुपर्छ । यसमा दलहरुले नै अगुवाइ गर्नुपर्छ ।’

यस्तै, उनले राष्ट्रपति उपराष्ट्रपतिहरुको कुरामा पनि देखिएका विरोधहरुलाई पनि अन्त्य गर्नुपर्ने बताए । यसको साथै, कुनै पनि कारणले प्रतिनिधित्व भएन भन्ने कुराको अन्त्य हुनुपर्ने भन्दै नेपाली काङ्ग्रेस सँधै यसको हकमा रहेको पनि उनको भनाई छ । उनले भने, ‘दलित महिलाहरुको हकमा केही समस्याहरु छन् । दलितको पनि प्रत्यक्ष सुनिश्चित गर्दा कुन ठाँउको दलितहरुको संख्या कति छ त्यो हिसाबले रोटेशन गर्नुपर्छ । नेपाली काङ्ग्रेस सधैँ यसको हकमा छ । कुनै पनि कारणले कसैले पनि हाम्रो प्रतिनिधित्व भएन भन्ने कुरा हट्नुपर्छ । सबै समान हुनुपर्छ । ८४ को चुनाव अगाडि संविधान संशोधनको कार्य अघि लैजानुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्