सूचना प्राप्त भएको १० मिनेटमा दमकल घटनास्थल पुगेको विराटनगर महानगरको दाबी

<span class='c1'>सूचना प्राप्त भएको १० मिनेटमा दमकल</span> <span class='c2'>घटनास्थल पुगेको विराटनगर महानगरको दाबी</span>

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरस्थित धरान रोडमा अवस्थित भव्या इन्टरनेशनल प्रालि (इलेक्ट्रिक साइकल शोरुम)मा आगलागीको सूचना प्राप्त भएको १० मिनेटमा दमकल पुगेको जनाएको छ ।

मेयर नागेश कोइरालाको निजी सचिवालयमार्फत जारी गरिएको विज्ञप्तिअनुसार सूचना प्राप्त भएको १० मिनेटभित्र घटनास्थलमा दमकल पुगेको जनाएको हो ।

आगलागीको घटनालाई लिएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी आएको भन्दै वास्तविक बुझेर मात्रै टिकाटिप्पणी गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आगलागी मात्रै होइन कुनै पनि विपदका घटनाबाट महानगरवासी दुखित र पीडित हुनुहुँदैन भन्ने महानगरपालिकाको धारणा रहेको छ । इलेक्ट्रिक साइकल शोरुममा भएको आगलागीको घटनाप्रति महानगरपालिका दुःख व्यक्त गर्दछ । सो आगलागीको घटनालाई लिएर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका टिकाटिप्पणी र समाचारले आमनागरिकमा भ्रम सिर्जना गरिएकोप्रति ध्यानाकर्षण भएको छ । दमकल ढिलो आएको भन्ने अपुष्ट र भ्रम पूर्ण समाचार तथा अनावश्यक टिकाटिप्पणीको खण्डन गर्न चाहन्छौं ।’

विराटनगर महानगरपालिका प्रविधिमैत्री हुँदै गइरहेको अवस्थामा दमकललाई प्रविधिमैत्री बनाइएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । दमकलमा जीपीएस जडान गरिनुका साथै कल डिटेलसहितको टेलिफोन सेट राखिएका कारणले घटनाको सत्यतथ्य लुकाउन नसकिने जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘दमकल शाखाको रेकर्डअनुसार मिति २०८१ असोज ९ गते बुधबार दिउँसो २ बजेर ५२ मिनेटमा जिल्ला प्रहरी कार्यालय मोरङबाट आगलागी सम्बन्धमा सूचना प्राप्त भएको र सूचना प्राप्त हुन साथ दमकल घटनास्थलतर्फ प्रस्थान गरी ३ बजेर २ मिनेटमा पुगेको देखिन्छ । आधुनिक प्रविधिलाई सबैले आत्मसाथ गर्नै पर्ने हुन्छ। यस्ता भ्रमपूर्ण समाचार र अनावश्यक टिकाटिप्पणीको पछि नलाग्न सम्पूर्ण महानगरवासीमा हार्दिक अनुरोध गर्दछौं ।’

भविष्यमा यस्ता घटना भएमा महानगरको दमकल शाखाको फोन नम्बर ०२१-४२२००० र महानगरको हर्टलाइन सेवा १६६०२१४२२२२ मा तुरुन्त जानकारी गराउन समेत आग्रह गरिएको छ । आगलागी नियन्त्रणका लागि तत्काल प्रयोग गर्न सक्ने गरी फायर सेफ्टीका सामग्रीहरु राख्न समेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्