विश्व फार्मासिस्ट दिवस: फार्मेसी क्षेत्रका चुनौती र सम्भावनाहरू उजागर

<span class='c1'>विश्व फार्मासिस्ट दिवस: फार्मेसी क्षेत्रका</span> <span class='c2'>चुनौती र सम्भावनाहरू उजागर</span>

विराटनगर । विश्व फार्मासिस्ट दिवसको अवसरमा नेपाल फार्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशले बिहीबार विराटनगरमा विविध कार्यक्रमहरू आयोजना गरी दिवस मनाएको छ। "विश्वव्यापी स्वास्थ्य आवश्यकता पूरा गर्दै फार्मासिस्ट" भन्ने मूल नाराका साथ प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेशका अध्यक्ष शम्भु शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका स्वास्थ्य सचिव डा. राधिका थपलिया, औषधि व्यवस्था विभाग शाखा कार्यालय बिराटनगरका निमित्त प्रमुख निकेश श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले औषधि सम्बन्धी जनगुनासोहरूलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, "औषधिको गुणस्तर, मूल्य र उपलब्धतासँग सम्बन्धित समस्याहरू समाधान गर्न सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छौं।"

स्वास्थ्य सचिव डा. थपलियाले प्रदेशमा फार्मेसी सेवा समूहको जनशक्ति न्यून रहेको स्वीकार गर्दै आगामी दिनमा दरबन्दी बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले फार्मेसी जनशक्तिको महत्त्व औषधि अन्वेषणदेखि वितरणसम्मका सबै चरणमा रहेको बताइन्।

नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेशका अध्यक्ष शाहले फार्मेसी क्षेत्रमा रहेका विभिन्न नीति नियमहरू कार्यान्वयनमा नआएको गुनासो गरे। उनले भने, "फार्मेसी सेवा समूहलाई राज्यबाटै अवमूल्यन गरिएको छ। प्रादेशिक अस्पतालहरूमा समेत फार्मेसी अधिकृतको दरबन्दी शून्य छ।"

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडाले संघीयताको प्रभाव औषधि क्षेत्रमा नदेखिएको बताए। उनले औषधि दर्ता र नवीकरण जस्ता कार्यहरू अझै पनि केन्द्रीकृत रहेकोले दुर्गम क्षेत्रका व्यवसायीहरूलाई समस्या परेको उल्लेख गरे।

यस अवसरमा फार्मेसी क्षेत्रमा लामो समयदेखि कार्यरत गणेश कुमार तामाङ र औषधि उत्पादन क्षेत्रमा सक्रिय अलाइभ फार्मास्युटिकलका संस्थापक सुवर्ण भक्त जोशीलाई सम्मान गरिएको थियो।

कार्यक्रमले फार्मेसी क्षेत्रमा रहेका चुनौतीहरूलाई उजागर गर्दै, यस क्षेत्रको विकास र सुधारका लागि सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्यको आवश्यकतालाई रेखाङ्कित गरेको छ। विशेषगरी फार्मेसी जनशक्तिको उचित व्यवस्थापन, गुणस्तरीय औषधि सेवाको सुनिश्चितता र नीतिगत सुधारका विषयहरूमा ध्यानाकर्षण गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्