विराटनगरको दाज्जुको चिया पसलले पाचौं वार्षिकोत्सव मनाउदै

<span class='c1'>विराटनगरको दाज्जुको चिया पसलले</span> <span class='c2'>पाचौं वार्षिकोत्सव मनाउदै</span>

विराटनगर । विराटनगरको लोकप्रिय दाज्जुको चिया पसलले पाचौं वार्षिकोत्सव मनाउने भएको छ।

असोज १२ गते शनिबार विभिन्न कार्यक्रमहरु आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाउने भएको हो।

विराटनगर-७ स्थित मातृका रोडमा रहेको यो पसल चिया प्रेमीहरूका लागि एक विशिष्ट स्थल बनेको छ। संचालक दुर्गेश घिमिरेका अनुसार, पसलको फरक वातावरण र मनमोहक परिवेशले गर्दा यो स्थान थकान मेट्न, साथीभाइसँग समय बिताउन र बैठकहरू गर्न समेत लोकप्रिय बनेको छ।

पसलको विशेषता भनेको यहाँ प्रयोग गरिने ताजा र स्वास्थ्यवर्धक सामग्रीहरू हुन्। संचालक खड्काले बताए अनुसार, चिया बनाउँदा उमालेको दूधको छालीबाट निकालिएको घिउ प्रयोग गरिन्छ, जसले स्वाद र स्वास्थ्य दुवैमा फाइदा पुर्याउँछ।

वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विशेष प्रस्ताव राखिएको छ - १०० रुपैयाँ वा सोभन्दा बढीको खाद्य सामग्री खरिद गर्ने ग्राहकहरूलाई एक कप चिया निःशुल्क दिइनेछ।

पसलमा २० भन्दा बढी प्रकारका चिया र ६० भन्दा बढी अन्य फुडहरु उपलब्ध छन्। चिया,गार्लिक टोस्, रामेन,र्याप,रोल, बर्गर र स्यान्डविच जस्ता परिकारहरू यहाँका विशेषता हुन्, जसको स्वादले ग्राहकहरूलाई पटक-पटक फर्काउँछ।

"हामी आगामी दिनहरूमा अझै उत्कृष्ट सेवा र परिकारहरू प्रदान गर्दै जानेछौं," सञ्चालक घिमिरेले भने। यसरी "दाज्जुको चिया पसल" ले विराटनगरका चिया प्रेमीहरूको मन जित्दै आफ्नो पाँचौं वर्ष पूरा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्