दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँको मोबाइल भित्रियो

<span class='c1'>दुई महिनामा ६ अर्ब ७० करोड</span> <span class='c2'>८१ लाख रुपैयाँको मोबाइल भित्रियो</span>

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै मोबाइल व्यवसायीहरुले विभिन्न अफरहरु सार्वजनिक गरेसँगै मोबाइलको आयात पनि बढेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९ सय वटा मोबाइल नेपाल भित्रिएको छ ।

साउन र भदौमा भित्रिएका मोबाइल दशैं तिहारलाई लक्षित गरेरै भित्रिएको अनुमान गरिएको छ । गत वर्षको पहिलो दुई महिनाको तुलनामा यो वर्षको सोही अवधिमा एक अर्ब ३४ करोड भन्दा बढी भन्सार मूल्यका मोबाइल नेपाली बजारमा भित्रिएका छन् ।

गत वर्षको तुलनमा यस वर्ष दशैलाई लक्षित गरेका कारण साउन र भदौमा ८८ हजार ४ सय वटा वढी मोबाइल भित्रिएका हुन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्