बर्षातको मौसममा सवारी चलाउँदा के कुरामा ध्यान दिने?

<span class='c1'>बर्षातको मौसममा सवारी चलाउँदा</span> <span class='c2'>के कुरामा ध्यान दिने?</span>

इन्दु साह
विराटनगर । विराटनगरमा दुई दिनदेखि निरन्तर वर्षा भईरहेको छ ।

यस्तो समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी साधन चालक तथा पैदल यात्रीहरूलाई विशेष सावधानी अपनाउन पर्ने बताएका छन् ।

लगातारको वर्षाले विराटनगरका विभिन्न स्थानका सडकहरू चिप्लो र जोखिमपूर्ण भएको छ । त्यसैले वर्षातको समयमा थप सतर्कता अपनाउन आवश्यक रहेको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ। बर्षातको समयमा सवारी चालकहरूले अनिवार्य रूपमा वाइपरको प्रयोग गर्नुपर्छ। सवारीको गति सामान्य समयभन्दा कम राख्नुपर्ने हुन्छ। सडकको सतह पानीका कारण चिप्लो हुने भएकाले ब्रेक लगाउँदा सावधानी अपनाउनुका साथै अगाडिको सवारी साधनसँगको दूरी बढाउन उपयुक्त हुन्छ ।

पानी, हावा तथा हुस्सुका कारण दृश्यावलोकन कमजोर हुने भएकाले पैदल यात्री, डिभाइडर, जेब्रा क्रसिङ र सडक बत्ती देख्न कठिन हुनसक्छ। त्यसैगरी सडकमा पानी जमेको स्थानमा खाल्डाखुल्डी हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन अपनाउनु पर्छ । यस्तो समयमा पैदल यात्रीहरूले पनि जथाभावी बाटो नकाट्न र बाटो काट्नु परेमा दायाँबायाँ राम्ररी हेरेर सुरक्षित स्थानबाट मात्र बाटो काट्नु सुरक्षित हुन्छ ।

यी सावधानीहरू अपनाएर बर्षातको समयमा हुन सक्ने सडक दुर्घटनाहरू न्यूनीकरण गर्न सकिने जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख राजन लम्सालले बताए । उनको अनुसार यसरी सावधानी अपनाए सबैको यात्रा सुरक्षित बनाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्