वर्षाले विराटनगर बजारको चहलपहल न्यून

<span class='c1'>वर्षाले विराटनगर बजारको</span> <span class='c2'>चहलपहल न्यून</span>

इशु पन्त
विराटनगर । भारी वर्षाका कारण शुक्रबार विराटनगरको जनजीवन प्रभावित भएको छ । विद्यालय, अस्पताल, सरकारी कार्यालय, बजार समेत शुक्रबार सुनसान बनेको हो । वर्षाका कारण विराटनगरका विद्यालय बन्द भएका थिए । यसैगरी अस्पतालहरुमा आउने बिरामीको संख्या समेत अति न्यून रहेको थियो । बजारमा हुने चहलपहल समेत प्रभावित भएको व्यापारीहरु बताउँछन् ।

पछिल्ला तीनदिनदेखि परेको पानी शुक्रबार दिनभर नै परिरहेका कारण सवारी आवागमन समेत न्यून देखिएको थियो । खाजा घर, होटल तथा रेष्टुरेन्टमा समेत ग्राहकहरु नगन्य मात्रै पुगेका छन् । पानी पर्दा चिया पसलमा भीड हुने भएपनि शुक्रबार पालतो मात्रै सेवाग्राही आएको दाज्जु चिया पसलका सञ्चालक सुमन खडकाले बताए । चियाका पारखीका लागि चिसो मौसम अनुकुल हुने भएपनि बाहिरै निस्कन नसक्ने अवस्थाका कारण संख्या न्यून रहेको बताइन्छ ।

सडकमा पानी भएका कारण समेत सवारीमा आउने जाने गर्नेहरु कम भएका छन् । त्यसले बजारका अन्य व्यापारमा समेत प्रभाव पारेको हो । माई सप लुगा पसलका सञ्चालक गोकुल आचार्यले बजारमा आउन जान नै समस्या भएका कारण ग्राहक नआएको बताए । उनले दिनभर पानी हेर्दै सटर खोलेर बसेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्