कोशी प्रदेशसभा सदस्यको लागि लैङ्गिक समानता र समावेशी सुचक सम्बन्धी अन्तक्रिया

<span class='c1'>कोशी प्रदेशसभा सदस्यको लागि लैङ्गिक समानता</span> <span class='c2'>र समावेशी सुचक सम्बन्धी अन्तक्रिया</span>

विराटनगर । कोशी प्रदेशका सांसदहरुलाई ‘ लैङ्गिक समानता , सामाजिक समावेशीकरण र मानव अधिकारको प्रभाव विश्लेषण ’सम्बन्धी एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
विराटनगरको कृष्णा पाटी प्यालेसमा शुक्रबार मानव अधिकारका लागि श्रोत विकास मञ्च ( रिडेफ ) नेपालले कोशी प्रदेशका १४ जना महिला तथा पुरुष सासदहरुलाई लैङ्गिक समानता र समावेशी सुचकहरुको बारे सुझाव तथा अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो ।


कार्यक्रममा सविधान सभा सदस्य तथा पुर्व मन्त्रि मिन विश्वकर्माले सहजीकरण गर्नुभएको कार्यक्रममा कानुन निर्माण, संसदीय निगरानी, संसदीय प्रतिनिधित्व , संसदीय स्रोत पुस्तिका उपयोग, मानव अधिकार र अन्तर्राष्ट्रिय दायित्व तथा संसदीय संस्कृति र असल अभ्यास सम्बन्धीका सुचकहरुबारे सुझाव समेत मागिएको थियो ।
यस्ता कार्यक्रमले संसद तथा ससद सचिवालयलाई लैङ्गिक समानता, सामाजिक समावेशीकरण र मानव अधिकार मैत्रि बनाउनको लागी महिला तथा सीमान्तकृत समुदायको आवश्यकता, प्राथमिकता र क्षेत्र पहिचान गरी आवश्यक सुधारका लागि सहज हुने सविधान सभा सदस्य तथा पुर्व मन्त्री मिन विश्वकर्माको भनाई थियो ।
साथै नीति , कानुन , वार्षिक नीति कार्यक्रम तथा बजेट तर्जुमा र यिनीहरुको कार्यान्वयमा लैङ्गिक समानता , सामाजिक समावेशीकरण तथा मानवअधिकारका सवालबारे साझा बुझाइ कायम गर्न समेत मदत पुग्ने विश्वकर्माले बताए ।


साथै आगामी दिनमा तीनै तहका सांसद तथा जनप्रतिनिधिहरुसँग सविधानले प्रत्याभुत गरेका काम र कर्तव्य बारे अनुभव आदानप्रदान कार्यक्रम गरिने रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माले कार्यक्रममा जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्