मौसम बिग्रिएपछि आन्तरिक उडान बन्द

<span class='c1'>मौसम बिग्रिएपछि आन्तरिक</span> <span class='c2'>उडान बन्द</span>

काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण आन्तरिक उडान बन्द भएको छ ।

खराब मौसमका कारण दुई सय बढी उडानहरु रद्द भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । आन्तरिकतर्फ कम्तीमा २ सय ३८ वटा उडान रद्द भएका छन् । खराब मौसमका कारण यति धेरै संख्यामा आन्तरिक उडान रद्द भएको यो पहिलो पटक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

पर्वतीय उडान, सुगम र दुर्गमका लागि दुईतर्फी गरेर शुक्रबार ३ सय १६ उडानको तालिका रहेकोमा ७८ मात्र उडान भएका छन् ।
देशभरका सबै विमानस्थल र हवाई रुटमा अत्यधिक खराब मौसमका कारण जहाज हल्लाउने, डाइभर्ट हुने क्रम नरोकिएपछि प्राधिकरणले मौसममा सुधार नआएसम्म कतै पनि आन्तरिक उडान र हेलिकोप्टर चार्टर नगराउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्