लामो यात्रा गर्दै हुनुहुन्छ ? यी सडक पहिरोले थुनिएका छन्

<span class='c1'>लामो यात्रा गर्दै हुनुहुन्छ ?</span> <span class='c2'>यी सडक पहिरोले थुनिएका छन्</span>

काठमाडौं । बिहीबार साँझदेखिको अविरल वर्षाका कारण कारण देशका विभिन्न भूभाग डुबानमा परेका छन् । देशका पहाडी क्षेमा पहिरो तथा तराईमा बाढीले वितण्डा मच्चाएको छ ।

वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न राजमार्ग समेत अवरुद्ध भएका छन् । लगातारको वर्षाले काठमाडौं– नागढुङ्गा–चितवन सडक, काठमाडौं–धुलिखेल–सिन्धुली, मुग्लिङ–पोखरा, चितवन–बुटवल, धुलिखेल–खावा–दोलखा सडकखण्ड अवरुद्ध भएका छन् ।

यस्तै, बेनी–मुस्ताङ, कैलाली–बझाङ–बाजुरा, झापा–इलाम (मेची राजमार्ग) तथा काठमाडौं–हेटौंडा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अन्य धेरै सडकखण्डहरु एकतर्फी रुपमा सञ्चालन भइरहेका छन् । अविरल वर्षाका कारण लामो दुरिको यात्रा नगर्न मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्