बाढी र पहिरोको वितण्डा : काभ्रे र पाँचथरमा ४ जनाको मृत्यु

<span class='c1'>बाढी र पहिरोको वितण्डा : काभ्रे</span> <span class='c2'>र पाँचथरमा ४ जनाको मृत्यु</span>

काठमाडौं । लगातारको अविरल वर्षापछिको पहिरोमा परेर काभ्रे र पाँचथरमा पहिरोमा परेर चार जनाको मृत्यु भएको छ ।

काभ्रेको तेमाल गाउँपालिका–७ का भिम बहादुर तामाङको घर पहिरोले पुरिँदा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै पाँचथरको फिदिम नगरपालिका–४ भदौरेमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ । ज्यान जानेको नाम खुल्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै काभ्रेको पनौती नगरपालिका ११ थुम्कीमा पहिरोले घर पुरिंदा पाँच जना बेपत्ता भएका छन् ।

यस्तै धनकुटा पाख्रिबास नगरपालिका गुँरासेका सन्तोष तामाङ्गको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ३२ वर्षीया आशा तामाङ्ग र आमा ५० वर्षीया रामकुमारी तामाङ्ग बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्