वर्षाले बागमती प्रदेश बढी प्रभावित, काठमाडौं उपत्यकाका नदी करिडोरका सडक बन्द

<span class='c1'>वर्षाले बागमती प्रदेश बढी प्रभावित, काठमाडौं</span> <span class='c2'>उपत्यकाका नदी करिडोरका सडक बन्द</span>

काठमाडौं । अविरल वर्षाको प्रभाव बागमती प्रदेशमा बढी परेको छ।

गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रूपमा बागमती प्रदेश बढी प्रभावित भएको हो ।

खासगरी काभ्रेपलाञ्चोक, काठमाडौं र ललितपुरमा क्षतिका घटना भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बागमती, विष्णुमति, मनोहरा, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन् । सबै खोलामा करिडोर सडकमा पानी उक्लिन थालेको छ । माइतिघर मण्डलाको बाटो र न्युप्लाजा अगाडिको बाटोसमेत अवरोध भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित सुकुम्बासी एरियामा अविरल बर्षाका कारण बागमती नदीमा पानीको बहाब निरन्तर बढि रहेको छ । पानीको बहाबले सुकुमबासी एरियामा रहेका १४१ घरधुरी डुबाएको छ। थापाथली देखि रोज बट स्कूलसम्म पूर्वरूपमा बाटो अवरोध भएको छ। प्रहरीले ४ वटा बच्चा र १ जना वृद्धसहित ५ जनालाई उद्धार गरी गरेको छ । यसैगरी कलंकी, कपन क्षेत्रपनि डुबानमा परेको छ । काठमाडौंको नागार्जुन नगरपालिका– ८ नर्सरी धारानजिक सडकखण्ड, तार्केरश्वर नगरपालिका कार्यालय अगाडि धर्मस्थलीबाट तारकेश्‍वर नगरपालिका–३ तिनपिप्ले जाने बाटोमाथिबाट पहिरो गई बाटो अवरुद्ध भएको छ ।

यसैगरी बीपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका यस क्षेत्रका साना र ठूलागरी धेरै सडक अवरुद्ध छन्। जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ । आज देशभर बर्षा भइरहेको छ । अन्य प्रदेशमा पनि राजमार्ग अवरुद्ध तथा खोला र नदी किनारका खेतीयोग्य जमिन कटानका थुप्रै घटना भएका छन् । अहिले अन्य भागको तुलनामा सुदूरपश्चिम र कर्णालीमा सामान्य पानी परेको छ ।

मन्त्रालयले सबै नागरिकलाई वर्षाको समयमा अत्यावश्यक अवस्था बाहेक घर बाहिर र नदी किनारमा नजान अनुरोध गरेको छ । मुलुकका अहिले विभिन्न नदीले जलसतहका हिसाबले २२ वटा नदीले खतराको सीमा पार गरेको छ र १४ वटा चेतावनीको अवस्थामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्