अत्यधिक वर्षाका कारण कोशी व्यारेज पुलमा आवागमन पूर्णरूपमा बन्द

<span class='c1'>अत्यधिक वर्षाका कारण कोशी व्यारेज</span> <span class='c2'>पुलमा आवागमन पूर्णरूपमा बन्द</span>

विराटनगर । अत्यधिक वर्षाका कारण कोशी व्यारेज पुलमा आवागमन पूर्णरूपमा बन्द गरिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जारी गरेको सूचना अनुसार, लगातारको वर्षाका कारण पूर्व-पश्चिम लोकमार्गको कोशी व्यारेज पुलमा पानीको बहाव उल्लेख्य मात्रामा बढेको छ। यसबाट हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै २०८१ साल असोज १२ गते दिउसो ४ बजेदेखि पुलमा आवागमन पूर्णरूपमा बन्द गरिएको छ।

स्थानीय प्रशासनले पुलको अवस्था र पानीको बहावलाई निरन्तर निगरानी गरिरहेको जनाइएको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालिएको बताइएको छ। पुल बन्द गरिएको अवधि अहिलेसम्म निश्चित नगरिएको र परिस्थितिको मूल्यांकन पश्चात् मात्र पुनः खोल्ने निर्णय गरिने जानकारी दिइएको छ।

प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न विशेष आग्रह गरेको छ। वैकल्पिक मार्गहरूको बारेमा जानकारी लिन र यात्राको सहजताका लागि ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न सकिने बताइएको छ। यात्रुहरूलाई धैर्य र समझदारी देखाउन अपिल गरिएको छ।

शनिवार दिउसो १ बजेको मापन अनुसार सप्तकोशी नदिमा पानीको बहाव ५ लाख २१ हजार क्युसेक पुगेको छ । भने बिहारको जल संसाधन विभागले कोशी नदीमा पानी बहाव ६ लाख ८१ हजार ६३९ क्युसेक प्रति सेकेन्ड हुनसक्छ भन्दै अलर्ट समेत जारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्