काठमाडौं जोड्ने सबै नाका ठप्प : २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति

<span class='c1'>काठमाडौं जोड्ने सबै नाका ठप्प :</span> <span class='c2'>२३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति</span>

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौं जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् ।

मुग्लिन–काठमाण्डौ, सिन्धुली–काठमाडौं, सिन्धुपाल्चोक–काठमाडौं सहित अरू सडक पनि पहिरोले अवरुद्ध भएका छन् ।
काठमाडौंसँग अरू जिल्लाको आवतजावत टुटेको छ । सडक विभागका अनुसार देशका २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति भएको छ ।
मुग्लिन–पोखरा, नारायणगढ–मग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्डलगायतमा पहिरोले क्षति पु¥याएको छ । कतिपय ठाउँमा पुल नै बगेका छन् । मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको छ ।

सडक विभागका अनुसार अब पानी पर्ने क्रम केही कम भएको र बन्द सडक खुलाउने र तत्काल सडक खुल्न नसकेको अवस्था वैकल्पिक व्यवस्था गर्ने लगायका काम थालिएको छ । यसैबीच नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको धादिङतर्फको मुखैमा लेदोसहितको पहिरो खसेर अलपत्र परेका सयौं यात्रुको उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्