मौसम अनुकुल भएसँगै विराटनगर-काठमाडौं हवाई सेवा सुचारु

<span class='c1'>मौसम अनुकुल भएसँगै विराटनगर-काठमाडौं</span> <span class='c2'>हवाई सेवा सुचारु</span>

विराटनगर । विगत ३ दिनदेखी प्रतिकुल मौसमका कारण अवरुद्ध भएको विराटनगर काठमाडौं हवाई सेवा आजबाट नियमित सुचारु भएको छ।

विराटनगर विमानस्थलका प्रमुख सुवास झाका अनुसार बर्षा रोकिएका कारण साथै आकाश खुलेपछि आज बिहानैबाट नियमित हवाई सेवा सुचारु भएको हो ।

गत बिहीबारदेखी परेको अविरल बर्षाका कारण विराटनगरदेखी काठमाडौं जाने र काठमाडौंबाट आउने हवाई सेवा चल्न सकेको थिएनन ।

आइतबार बिहानबाट बुद्ध एयर , यति र श्री एयरलाइन्स गरी ३ वटा जहाज आउजाउ हुन थालेको विराटनगर विमानस्थलले जनाएको छ । शुक्रबार राति उडान हुने बुद्ध एयर प्रतिकुल मौसमका कारण उडान हुन नसकेपछि शनिबार बुद्ध एयरले मात्र उडान भरेको थियो ।

उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान आज बिहानैबाट सुचारु भएको छ । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन् । यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ः बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्