विराटनगरमा बाढीबाट प्रभावित परिवारहरूको उद्धार कार्य जारी

<span class='c1'>विराटनगरमा बाढीबाट प्रभावित परिवारहरूको</span> <span class='c2'>उद्धार कार्य जारी</span>

इन्दु साह
विराटनगर । अविरल वर्षाका कारण विराटनगरमा बाढीको स्थिति उत्पन्न भएपछि महानगरपालिकाले तत्काल उद्धार र राहत कार्य गरेको छ ।

विशेष गरी विराटनगर १२ बखरी क्षेत्रमा केन्द्रित यो कार्यले प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

विराटनगर १२ बखरीका ९ परिवारका ३५ सदस्यलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिहरूलाई बखरीको विद्यालयमा अस्थायी रूपमा राखिनुका साथै खानाको व्यवस्था गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाकी सूचना अधिकारी अनिता न्यौपानेका अनुसार प्रभावित परिवारहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो । पानीको स्तर घटेपछि उनीहरूलाई आफ्नो घरमा फर्काइनेछ। विराटनगरका अन्य डुबान भएका क्षेत्रहरूमा पनि उद्धार तथा राहत वितरण कार्य जारी छ।

विराटनगरका विभिन्न वडा कार्यालयको सहयोगमा डोजर प्रयोग गरेर पानी निकासाको काम भईरहेको छ। कुनै पनि आपतकालीन अवस्थामा तत्काल स्थानीय अधिकारीहरूलाई सूचित गर्न अनुरोध गरिएको छ । यस्तै महानगरका नगरप्रहरी प्रमुख राजन पौडेलका अनुसार उद्दार कार्य परमपरागत तरीकाले नै गरीएको छ । उद्दारका लागि कुनै विशेष सामाग्रीको आवश्यकता नपरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्