विराटनगर फर्कदा–फर्कदै छेक्यो रोशी खोलाले

<span class='c1'>विराटनगर फर्कदा–फर्कदै छेक्यो</span> <span class='c2'>रोशी खोलाले</span>

विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाण्डौंबाट विराटनगर फर्कदै गरेका धेरै यात्रुहरु बाटोमै रोकिएका छन् । बीपी राजमार्गमा ठुलो क्षति भएपछि काठमाडौँबाट सिन्धुली हुँदै फर्किरहेकाहरु काभ्रे जिल्लाको नेपालथोक आईपुगेर रोकिएका हुन् ।

पूर्व नेपाल यातायात बस व्यवसाय सेवा प्रा.लि.का अध्यक्ष राजन कँडेल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी महाप्रवन्धक श्याम भण्डारी, उद्योग संगठन मोरङका पूर्व अध्यक्ष मुकेश उपााध्याय काठमाण्डौंबाट नेपालथोक आईपुगेपछि त्यहिं रोकिएका छन् । उनीहरु काठमाण्डौंबाट गाडी रिजर्भ लिएर विराटनगर फर्कने क्रममा शनिबारदेखि नेपाल थोकमा रोकिएका हुन् ।

विराटनगर फर्कने उपाय छैन, काठमाण्डौं फर्कन पनि सकिदैन, यातायात व्यवसायी कँडेलले भने–यस्तो न असजिलोमा फसियो की अब निस्कने उपाय छैन । उनले नेपालथोकबाट मुलकोटतर्फ बढ्नसक्ने केहि संभावना भए साँझसम्ममा त्यता आईपुगिने बताए ।

सुनकोसीको कटानले बिपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्ड अन्तर्गत गोलान्जोर गाउँपालिका ७ कानढुङ्ग्री नजिकको सडक समेत भासिएको छ । बिपी राजमार्गको नेपालथोक मुलकोट सडक अवरुद्ध छ । त्यसलाई खोल्ने प्रयत्न भईरहेकोले साँझसम्ममा मुलकोटसम्म आउने संभावना रहेको कँडेलले जानकारी दिए । पुरै सड्क तत्काल नबन्ने गरी भत्किएको हुनाले काठमाडौँबाट रामेछाप, सिन्धुली र बर्दिबास आवतजावत गर्ने को लाम रहेको कँडेलले जानकारी दिए । उनका अनुसार त्यहाँबाट केहि दुरु हिँडेर पार गरौं भन्ने समेत अवस्था छैन ।

सड्क भत्किँदा काठमाडौँतर्फ गईरहेका र काठमाण्डौंबाट फर्किरहेकाहरु बीचमै रोकिन पुगेका हुन् । रोशी खोलाको बाढीले बिपी राजमार्गको नेपालथोक सडक खण्ड शनिबार बगाएको थियो । तत्काललै बन्न सक्ने अवस्था नहुँदा धेरै यात्रु बाटोमै अलपत्र परेको कँडेलले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्