कोशीमा जताततै सडक अवरुद्ध, १७ जनाको मृत्यु, आठ जना बेपत्ता

<span class='c1'>कोशीमा जताततै सडक अवरुद्ध, १७</span> <span class='c2'>जनाको मृत्यु, आठ जना बेपत्ता</span>

विराटनगर । कोशी प्रदेशमा तीनदिन यताको अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबानमा १७ जनाले ज्यान गुमाएका छन् ।

अझैसम्म १३ जना घाइते र ८ जना वेपत्ता रहेको कोशी प्रदेश प्रहरी कार्यालयद्वारा सुचनामा उल्लेख छ। प्रहरकिो तथ्यांक अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा १ र इलाममा १ जना छन् । यस्तै धनकुटस्थित तमोर नदिमा पहिचान नखुलेका २ जनाको शव भेटिएको छ । बाढी पहिरोमा परेर पाँचथरमा ६, झापामा २ र मोरङमा १ जना बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ ।

बाढी पहिरोका कारण ६४ वटा पशुचौपाया मरेका छन् । १ हजार २०६ वटा घरपालुवा पंक्षी मरेका छन् । यस्तै पूर्ण रुपमा १९ वटा पक्की घर भत्किएको छ भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको उल्लेख छ । यस्तै अन्य ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ ।

१३ वटा गोठ क्षतिभएको छ । यसैगरी ६ वटा सरकारी कार्यालय, ४ वटा सवारी साधन र १३ वटा पुल तथा कल्भर्ट बाढीले बगाएको छ । बाढी पहिरोमा परी ५४२ घरधुरी प्रभावित बनेका छन् । जसमा सभैभन्दा धेरै झापामा ३०४, मोरङमा १२० घरधुरी प्रभावित बन्दा सुनसरीमा ४९ र धनकुटामा १६, उदयपुरमा ३६ र खोटाङमा २७ घरपरिवार प्रभावित भएको प्रहरीले जानकारी दिइएको छ ।

प्रहरीका अनुसार ४०९ घर स्थानान्तरण गरिएको छ, जसमा १ हजार ६५० घर परिवारसंछन् । ९९ घर अहिले परिन उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । बाढी, पहिरो र डुबानबाट भएको क्षतिको खोज, उद्धार र राहतका लागि प्रदेशभरमा १ हजार ९२ जना प्रहरी परिचालित भएका छन् । हालसम्म झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, संखुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुंगामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्