विराटनगर बसपार्कबाट छुटेनन् दैनिक जस्तो बस

<span class='c1'>विराटनगर बसपार्कबाट छुटेनन्</span> <span class='c2'>दैनिक जस्तो बस</span>

विराटनगर । जताततै बाढी र पहिरोले सडक अवरुद्ध हुँदा कोशी प्रदेशको राजधानी विराटनरबाट दैनिक छुट्ने सार्वजानिक यातायात तराईका जिल्लामा मात्रै सिमित भएको छ । आइतबार विराटनगर बसपार्कबाट काठमाण्डौंका लागि छुट्ने बस जान सकेनन् । नाइटहरु समेत काठमाण्डौंतर्फ लाने तरखरमा छैनन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख राजन लम्सालका अनुसार पहाडी क्षेत्र ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, ताप्लेजुङ, इलाम, संखुवासभाका लागि दैनिक जाने बस गएनन् । तर, तराई क्षेत्रका सिराहा सप्तरी, धनुषाको जनकपुर जाने बसहरु भने चतरा हुँदै सप्तरीको रुपनीबाट हाईवे निकालेर लगिदैछ ।

कोशी ब्यारेजमा जलसतह खतरा उन्मुख भएपछि पुलबाट सवारीलाई आवात जावत गर्न रोक लगाइको छ । त्यसले तराईसँगको कनेक्सन छुटेपछि चतरा हुँदै सवारी गईरहेको यातायात व्यवसायी राजु धमलाले जानकारी ििदएका छन् । झापा, मोरङ र सुनसरीसम्म जाने छोटो दुरीका सार्वजानिक सवारी भने गएका छन् ।

हालसम्म झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, संखुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुंगामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्