मुटु स्वस्थ राख्न विराटनगरमा न्यूरोको सचेतना कार्यक्रम

<span class='c1'>मुटु स्वस्थ राख्न विराटनगरमा</span> <span class='c2'>न्यूरोको सचेतना कार्यक्रम</span>

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

प्रत्येक वर्ष सचेतनामूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको न्यूरोले आइतबार विराटनगरमा सचेतना र्र्याली निकालेको हो ।

आइतबार बिहान न्युरो अस्पताल विराटनगरको प्रांगणबाट शुरु भएको र्र्याली सिद्धार्थ चौक, अस्पताल चौक, जिल्ला प्रशासन चौक, गोल्छा चौक, ट्राफिक चौक, महेन्द्र चौक, सन्सारी माइस्थान हुदै पुन: न्युरो अस्पतालमा आइ समापन भएको थियो । उक्त र्र्यालीमा न्युरो अस्पतालका अध्यक्ष डा. बिरेन्द्र कुमार विष्ट, कार्यकारी निर्देशक डा. अनिशा बिष्ट , अपरेशनल डाइरेक्टर श्री राजेश भट्टराई, मुटु रोग विशेषज्ञ डा. राजन कणर् लगायत न्युरो अस्पतालमा कार्यरत चिकित्सकहरु, नर्सिङ स्टाफ, अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । २०० भन्दा बढी सहभागीहरुले र्र्यालीमा 'वजन घटाऔ, मुटु बचाऔ, तनाब हटाऔ, मुटु बचाऔ, व्यायाम गरौ, मुटु बचाऔ, सक्रिय जिवनशैली, स्वस्थ मुटु' लगायतका सन्देशमुलक 'प्ले कार्ड' बोकी नारासहित नगर परिक्रमा गरेका थिए ।

१३ बर्ष अगाडी पूर्वान्चलकै पहिलो क्याथ सेवा सुचारु गरेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले प्रत्येक वर्ष विश्व मुटु दिवस विभिन्न कार्यक्रमहरु गरि मनाउदै आएको छ । अस्पतालमा मुटु सम्बन्धी एन्जियो ग्राफी, एन्जियोप्लाष्टी स्टेन्ट हाल्ने, पेसमेकर ब्याट्री हाल्ने प्रत्यारोपण लगायतका मुटु सम्बन्धी सबै उपचार २४ सै उपलब्ध रहेको छ ।

त्यसैगरी असोज १३ गतेदेखि १८ गतेसम्म अस्पतालमा मुटु सम्बन्धी नि:शुल्क ओपिडी सेवा तथा जाँचमा २५ प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्