विराटनगरका विद्यालय नजिक सुर्तीजन्य पदार्थको बिक्री रोकिएन

<span class='c1'>विराटनगरका विद्यालय नजिक सुर्तीजन्य</span> <span class='c2'>पदार्थको बिक्री रोकिएन</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय वरपरका खाजा पसलहरूमा सुर्तीजन्य वस्तुको बिक्री व्यापक रूपमा भइरहेको पाइएको छ।

यस प्रवृत्तिले विद्यालय प्रशासनमा समेत गहन चिन्ता उत्पन्न गरेको छ। महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख राम ढुंगेलका अनुसार महानगरको टोली अनुगमनमा जाँदा सुर्तीजन्य वस्तु बिक्री भएको प्रत्यक्ष रूपमा फेला परेको छैन ।

उनका अनुसार देखाएर नभई लुकाएर बिक्री गरेका छन् । यसले गर्दा वास्तविक बिक्री भइरहेको थाहा पाउन कठिन भएको छ। उनले भने कि दशैँपछि महानगरकी उपप्रमुख शिल्पा कार्कीसँग यस विषयमा विस्तृत छलफल गरिने योजना रहेको छ। त्यस पछि कठाईका साथ अनुगमन गरीने छ । सार्वजनिक स्थलको एक सय मिटर परिधिमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ ले स्पष्ट रूपमा निषेध गरेको छ। तर यी कानूनी प्रावधानहरूको कार्यान्वयनमा गम्भीर पूर्व पालना गरेको पाईदैन । यस्तो अवस्थामा महानगरको अनुगमन टोलीले छड्के निगरानी गरेर विद्यालय आसपासका चिया(चुरोट अड्डालाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने हो ।

सुर्तिजन्य पदार्थ बिक्री वितरण (नियन्त्रण र नियमन) ऐन, २०६८ को दफा ११ मा १८ वर्ष नपुगेको व्यक्तिलाई सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने स्पष्ट उल्लेख छ। यस ऐनको उल्लङ्घन गरेमा दफा १७ को उपदफा ५ घ बमोजिम १० हजार रुपैयाँसम्म जरिवाना लाग्ने प्रावधान छ ।यस समस्याले विद्यार्थीहरूको स्वास्थ्य र शैक्षिक वातावरणमा नकारात्मक प्रभाव पारीरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्