विद्युत आयोजनातर्फ साढे दुई अर्ब रुपैयाँ बराबरको नोक्सानी

<span class='c1'>विद्युत आयोजनातर्फ साढे दुई</span> <span class='c2'>अर्ब रुपैयाँ बराबरको नोक्सानी</span>

काठमाडौं । अविरल बर्षाका कारण हालसम्म विद्युत आयोजनामा साढे दुई अर्ब रुपैयाँ बराबरको नोक्सानीको भएको छ ।

आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ११ सय मेगावाट विद्युत अवरुद्ध भएको साथै दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘निरन्तर परिरहेको अविरल वर्षाको कारण विकासको आधुनिक पूर्वाधारको रुपमा रहेका जलविद्युत आयोजनाहरु तथा सिंचाईका निर्माणाधीन तथा निर्माण सम्पन्न भई संचालनमा रहेका आयोजनाहरुमा पनि बाढी र पहिरोले ठुलो क्षति पुर्याएको छ । कुल ६२५.९६ मेगावट जडित विद्युत क्षमताको ११ वटा संचालनमा रहेका जलविद्युत आयोजनाहरुमा क्षति भएको छ । आपतकालीन अवस्थामा अधिकांश विद्युतगृहहरुको उत्पादन बन्द समेत रहे अनुसार करिब ११०० मेवा. बराबरको उत्पादन रोकिएको र कुल १०१०.२९ मेवा जडित विद्युत क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत आयोजनाहरुमा क्षति भएको छ । विद्युत आयोजनामा पुगेको क्षति तर्फ हालसम्म प्राप्त तथ्यांक अनुसार करिब २.४५ अर्ब बराबरको क्षति भएको छ ।’

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले अहिलेसम्म प्राप्त तथ्यांक अनुसार ऊर्जा क्षेत्रमा मात्रै करिब २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए । करिब ११०० मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाको विद्युत् गृह बन्द रहेको समेत उनको भनाइ थियो । उनले भने, ‘आपतकालीन अवस्थामा अधिकांश विद्युत् गृहहरुको उत्पादन रोकिएको छ , ऊर्जा क्षेत्रमा मात्रै करिब २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति भएको छ । सबै आयोजनाहरुलाई जानकारी गराउँदा गराउँदै पनि यती क्षति हुन पुगेको छ । जानकारी गराएकै कारणले कम क्षति भएको हो । गत वर्ष मात्रै पूर्वी क्षेत्रमा मात्रै बाढीका कारण उर्जा क्षेत्रमा १० अर्व बराबरीको क्षति भएको थियो ।’

अविरल वर्षाले १०१०.२९ मेगावाट जडित विद्युत् क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनाहरुमा क्षति पुगेको उनको भनाइ छ ।
मन्त्रालयका अनुसार नदी नियन्त्रण तथा सिंचाई क्षेत्रमा करिब १ अर्ब ३५ करोड रूपैयाँ बराबरको क्षति पुगेको जनाएको छ । विभिन्न सिँचाइ आयोजना तथा नदी नियन्त्रणमा क्षति पुगेको समेत मन्त्री खड्काले बताए । कमत्ता सिंचाई व्यवस्थापन आयोजना अन्तर्गत बाँधको तल्लो क्षेत्रमा,नारायणी सिंचाई व्यवस्थापन आयोजना अन्तर्गत युरिया नदिले कट्टान गरी नहरमा सामान्य क्षति र सुनकोशी मरिन डाइभर्सन बहुउध्येशीय आयोजना, सिन्धुली अन्तर्गत निर्माणाधिन कफर ड्याम डुवानमा परेको र रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्