अवरुद्ध राजमार्ग र सडकहरु पूर्ण रुपमा संचालनमा आउन समय लाग्ने

<span class='c1'>अवरुद्ध राजमार्ग र सडकहरु पूर्ण</span> <span class='c2'>रुपमा संचालनमा आउन समय लाग्ने</span>

काठमाडौं । शुक्रबारदेखि देशभर आएको वर्षाका कारण अवरुद्ध भएका सडकहरु खुलाउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालका अनुसार सडकहरु मर्मत गर्ने तथा बाढीले बगाएका पुलहरुमा अस्थायी बेलिब्रिज राख्ने काममा मन्त्रालय र सडक विभागले सक्रियता बढाएको छ ।

देशको राजधानी जोडने लाइफ लाइनका रुपमा रहको मुख्य राजमार्ग नागढुङ्गा–नौविसें–मुग्लिङ सडकको झ्याप्ले खोलाको अवरोध हटाएपछि पृथ्वी राजमार्गमा सवारी यातायात संचालनमा आएको मन्त्रालयले जनाएको छ । बीपी राजमार्गको वर्दिवासदेखि नेपालथोक सम्मको अवरोध हटाइ यातायात सुचारु भएपनि पूर्ण रुपमा संचालनमा आउन समय लाग्ने प्रवक्ता ढकालले नेपाल न्यूज बैंकलाई जानकारी दिए । टोखा–गुजें भञ्ज्याङ्ग–छहरे नुवाकोट हुँदै स्याफ्रुवेशीसम्मको सडक सुचारु अवस्थामा छभने स्याफ्रुवेशीदेखी रसुवागढी सम्मको अवरुद्ध सडक सोमबारसम्म संचालनमा आउने पनि ढकालले जनाए ।
अरनिको राजमार्गको ब्राहबीसे–दोलालघाट–धुलिखेल खण्ड सोमबार साँझसम्म सुचारु हुनेगरी कार्य भइरहेको छ । तर बीपी राजमार्गको विकल्पको रुपमा मुलकोट बाट सित्खा पुलहुँदै मन्थलीसम्म जाने सडक सुचारु भएको छ भने सित्खा–खाँडादेवी–गाल्वा सडक सोमबारसम्म सुचारु हुने मन्त्रालयले जनाएको छ।

सडक विभागको तथ्यांकअनुसार आइतबार साँझसम्म १८ वटा राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएका थिए । १७ वटा राजमार्गका ४७ स्थानमा यातायात सेवा पूर्ण टुटेको थियो भने ४०१ स्थानमा एकतर्फी मात्रै यातायात चलाउन सकिएको विभागले जनाएको छ । पाँचवटा मोटोरेवल पुल बगाएको विभागको तथ्यांक छ । यद्यपी, २६४ वटा इक्यूपमेन्ट प्रयोग गरेर सडक मर्मत एवं उद्धार भइरहेको मन्त्रालयको दाबी छ ।

चाडपर्व नजिकिएकाले सडक मर्मत, वैकल्पिक बाटो प्रयोगको विषयमा मन्त्रालय र विभागले ठूलो जनशक्ति परिचालन गरेको जनाएको छ । अविरल वर्षाका कारण देश भरका ८० वटा राष्ट्रिय राजमार्गहरु मध्ये ४७ स्थानमा राजमार्गहरु पूर्ण रुपमा संचालनमा आउन समय लाग्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्