विश्व मुटु दिवस: विराट मेडिकल कलेजमा विशेष कार्यक्रम

<span class='c1'>विश्व मुटु दिवस: विराट</span> <span class='c2'>मेडिकल कलेजमा विशेष कार्यक्रम</span>

विराटनगर । विश्व मुटु दिवसको अवसरमा मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको सहकार्यमा विश्व मुटु दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

सोमबार मुटु रोग सम्बन्धी सचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो।

वर्षमा एक पटक मात्रै नभई हरेक दिन मुटुको ख्याल राख्न आवश्यक रहेको हस्पिटलकी मिडिया संयोजक लिना थापाले बताइन्।

कार्यक्रममा मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहले हृदयाघातबाट बच्ने उपाय, लक्षण, र उपचार बारे विस्तृत जानकारी दिएका थिए । उनले विश्वभर १ करोड ८६ लाख मानिसलाई हृदयाघात भएको र त्यसबाट ३३ प्रतिशतको मृत्यु हुने गरेको बताए। खानपान, तनाव, शारीरिक निष्क्रियता, र वंशाणुगत कारणले हृदयाघात हुने गरेको उनी बताउछन।

छातीमा भारीपन, धेरै पसिना आउनु, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, जस्ता हृदयाघातका सामान्य लक्षणहरू रहेको डा. शाह बताउछन। मनोसामाजिक परामर्शदाता तुलसा कार्कीले तनाव हृदय रोगका लागि प्रमुख कारण भएको र तनाव व्यवस्थापनले मुटुको स्वास्थ्य सुधार गर्न सकिने बताए। डाइटिसियन बिक्रम ढकाल, राजीव गुरागाई, र अपेक्षा प्रधानले मुटु स्वास्थ्यका लागि "स्वस्थ आहार" विषयमा जानकारीमूलक सत्रको आयोजना गरे। कार्यक्रममा डाइटिसियन र न्यूट्रिशनिस्टहरूको विशेषज्ञ टोलीले स्वस्थ मुटुको लागि आवश्यक आहार बारे जानकारी दिए। विशेषज्ञहरूले स्वस्थ मुटुका लागि प्राथमिकता दिनुपर्ने खाना र जोगिनुपर्ने खाना विषयमा विस्तृत रूपमा बताए।

विशेष मुटु परीक्षण प्याकेजमा विशेष छुट दिइएको छ। जस अन्तर्गत तीन हजार ९ सय ९९ रुपैयामा उपलब्ध उक्त प्याकेजमा लिपिड प्रोफाइल, ब्लड सुगर, टीएमटी, ईसीजी, सीबीसी, र कार्डियक परामर्श सेवा समावेश गरिएको छ। ईको परीक्षण भने डाक्टरको सिफारिस अनुसार दुई हजार १ सय रुपैया पर्ने सेवा हाल एक हजार ५ सय ९९ रुपैयामा गरिनेछ।

असोज १२ गतेदेखि सुरु भएको छुट विशेष प्याकेजहरू असोज २३ गतेसम्म लागू हुने विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले जनाएको छ।

उक्त कार्यक्रममा अस्पतालका चिकित्सक, रोटरी क्लबका सदस्य, शिक्षक, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रमले मुटु स्वास्थ्यप्रति जनचेतना बढाउन र स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्