विराटनगरका तीनसहित मोरङमा दशवटा बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष

<span class='c1'>विराटनगरका तीनसहित मोरङमा दशवटा बसपार्कमा</span> <span class='c2'>चाडपर्व लक्षित यात्रु सहायता कक्ष</span>

विराटनगर । सार्वजानिक सवारीमा यात्रा गर्ने यात्रुहरुका लागि चाडपर्वमा सहजीकरणका लागि मोरङका दश स्थानका बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ । प्रत्येक यात्रु सहायता कक्षमा दुईजना ट्राफिक प्रहरी, यातायात व्यवसायीका प्रतिनिधि तथा स्वयम् सेवक समेत परिचालन गरेर यात्रुहरुका लागि सहजीकरण गरिने भएको हो । दशैं, तिहारदेखि छैठसम्म यात्रु सहायता कक्ष सञ्चालन हुने बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालका अनुसार विराटनगर बसपार्क, हाटखोला बसपार्क, सीमा क्षेत्र रानी बसपार्क, सुन्दरहरैंचा नगरपालिका–३ गछिया, सुन्दरहरैंचा–१० विराटचौक, बेलबारी नगरपालिका–३ पुरानो बेलबारी, पथरी शनिश्चरे नगरपालिका–१ पूर्व बसस्टेण्ड, लेटाङ बसपार्क, उर्लाबारी नगरपालिका र रतुवामाई नगरपालिका आमवाडीमा सहायता कक्ष स्थापना गरिने भएको छ ।

सम्बनिधत बसपार्कका ट्राफिक पोष्टले नजिकको प्रहरी कार्यालयसँगको समन्वयमा रहेर यात्रुहरुका लागि सहजीकरणको भूमिका निर्वाह गर्ने जिम्मेवारी लिनुपर्नेछ । विराटनगर बसपार्कमा वडा प्रहरी कार्यालय विराटनगर हाटखोला बसपार्कमा हाटखोला प्रहरी कार्यालय, ट्राफिक पोष्टि रानीमा इलाका प्रहरी कार्यालय रानी, गछियामा प्रहरी चौकी गछिया, विराटनगरचौकमा इलाका प्रहरी कार्यालय विराटचौक, बेलबारीमा इलाका प्रहरी कार्यालय बेलबारी, पथरीमा इलाका प्रहरी कार्यालय पथरी, लेटाङका इलाका प्रहरी कार्यालय लेटाङ, उर्लाबारीमा इलाका प्रहरी कार्यालय उर्लाबारी र रतुवामाई, आमबाडीमा इलाका प्रहरी कार्यालय सिजुवा र प्रहरी चौकी झुर्कियासँग सम्बन्धित ट्राफिक पोष्ट समन्वयमा रहने छन् ।

प्रहरी निरीक्षक लम्सालका अनुसार राजमार्ग अन्तर्गत तिव्रगतिका कारण हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि नियमित चेकजाँच, सीट क्षमताका आधारमा यात्रु व्यवस्थापन, निर्धारित भाडादर तथा सुरक्षित यात्राको विषयमा नागरिकलाई जानकारी गराउन सहायता कक्ष स्थापना गरिने हो । यात्रुहरुले आफ्नो आवश्यक सुविधाका आधारमा सहयोग लिनसक्ने छन् । कसैको सामान छुटेमा त्यसको सुरक्षा गर्ने, आफु जानुपर्ने ठाउँसम्म चढ्नु पर्ने सवारीका बारेमा जानकारी लिनसक्ने, भाडादरका बारेमा बुझ्न पाइने, कुनै एक स्थानमा जानुपर्ने यात्रुलाई अर्को स्थानमा जाने सवारीले चढाएर भाडा असुलेपछि अर्को गाडीमा मेल गर्ने जस्ता काम गरेर यात्रा असहज बनाए पनि गुनासो पोख्न सकिने छ । यदि कुनै गाडीले यात्रुलाई अर्को गाडमिा मेल गरेको अवस्थाको गुनासो गरेमा सवारी आवागमन लापर्वाही गरेको कसुरमा जरिवाना तत्काल काटिने प्रहरी निरीक्षक लम्सालले जानकारी दिएका छन् ।

ट्राफिक प्रहरीको सिमित स्रोत र साधनलाई उचित परिचालन गरेर यात्रुहरुको यात्रा सहजीकरणमा सबै बसपार्कमा तैनाथ हुने दावी छ । कसैलाई कुनै समस्या भएमा ट्राफिक प्रहरीसँग कुरा राख्नका लागि अनुरोध छ । प्रहरी निरीक्षक लम्सालले प्रहरीलाई नजिकको साथी सम्झेर चाडपर्वमा समस्या परे तत्काल बताउन समेत अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्