मोरङमा तीनवटा लास भेटिए, विराटनगर–८ मा सिंघीया खोलाले बगाईरहेको अवस्थामा प्रहरीले निकाल्यो मृत महिलाको शव

<span class='c1'>मोरङमा तीनवटा लास भेटिए, विराटनगर–८ मा सिंघीया खोलाले</span> <span class='c2'>बगाईरहेको अवस्थामा प्रहरीले निकाल्यो मृत महिलाको शव</span>

विराटनगर । मोरङमा विभिन्न स्थानमा तीनवटा शव फेला परेको छ । खोलाले बगाईरहेको र मृत अवस्थामा फेला परेका शवहरुको विषयमा प्रहरी अनुसन्धान गरिरहेको छ । सोमबार एकै दिन कानेपोखरी, ग्रामथान गाउँपालिका तथा विराटनगर महानगरपालिकामा दुईजना पुरुष र एक महिलाको शव भेटिएको हो ।

विराटनगर–८ सिंघीया खोलाले बगाईरहेको अवस्थामा महिलालाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृत फेला परेकी महिलाको पहिचान खुलेको छैन । कानेपोखरी र ग्रामथानमा मृत भेटिएका दुवै पुरुषको पहिचान खुलिसकेको छ । कानेपोखरी गाउँपालिका–४ खोरियामा डाँस खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा १ जना वृद्ध पुरुषको शव फेला परेको छ । पथरीशनिश्चरे नगरपालिका–८ का ७५ वर्षीय लाखबहादुर राईलाई खोलाले बगाउँदै गरेको अवस्थामा स्थानीयले देखेर बाहिर निकालेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार खोलाले बगाइरहेको देखेपछि स्थानीयले खबर गरेर प्रहरी पुग्दा पथरी र सिंघीयामा भेटिएकाहरुको मृत्यु भईसकेको पाइएको हो ।
कानेपोखरी–४ स्थित माइली छोरीको घरमा आएका राई ५ दिनदेखि सम्पर्कविहीन थिए । छोरीकोमा खाना खाएर आफ्नो घरतिर फर्किएका उनको खोलाले बगाउँदै गर्दा शव फेला परेको हो । बृद्ध मृत फेला परेको घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीबाट इन्स्पेक्टर खगेन्द्र येक्तेनको नेतृत्वमा टोली खटाइएको छ । इन्स्पेक्टर येक्तेनकै टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी स्पताल एवं ट्रमा सेन्टर पठाइएको छ ।

विराटनगर–८ मा सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा २५÷३० वर्षकी महिलाको शव भेटिएको छ । मृत महिलाको पहिचान खुलिसकेको छैन । बगाएर ल्याउँदै गरेको देखेपछि स्थानीयले खोलाको बीचबाट दिउँसो १२ः४५ बजेतिर निकालेका थिए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर हेमराज ओली नेतृत्वको टोली परिचालन गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिएका छन् । कानुनी प्रक्रिया पूरा गर्दै घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल ल्याएको छ ।

यसैबीच, ग्रामथान गाउँपालिका–६ का ३५ वर्षीय सत्यनारायण भगत घरनजिकैको पैनीमा मृत फेला परेका छन् । माछा मार्न भनेर आइतबार घरबाट हिँडेका उनी फर्किएर नआएपछि खोजी गर्ने क्रममा घरदेखि करिब २ सय मिटर पश्चिममा रहेको पैनीमा डुबिरहेको अवस्थामा शव फेला परेको हो । घटनाको इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्