तेस्रो संस्करणको ‘विराटनगर म्युजिक फेस्टिबल’ कात्तिक १० गते हुने

<span class='c1'>तेस्रो संस्करणको ‘विराटनगर म्युजिक फेस्टिबल’</span> <span class='c2'>कात्तिक १० गते हुने</span>

विराटनगर । लाईभ इन्टरटेनमेन्टको आयोजनामा तेस्रो संस्करणको 'विराटनगर म्युजिक फेस्टिबल' हुने भएको छ।

विराटनगर मेनरोडस्थित जैनभवनको खुल्ला मैदानमा कात्तिक १० गते शनिबार दिउसो ४ बजेदेखि म्युजिक फेस्टिबल हुने भएको हो।

विस २०७९ सालदेखि नेपालीहरु महान चाड दशैँ,तिहार छठ पर्वको अवसरमा आयोजना हुदै आएको 'विराटनगर म्युजिक फेस्टिबल' ले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण सहयोग पुर्याएको आयोजकको दाबी छ।

म्युजिक फेस्टिबलको मुख्य आकर्षण स्वप्न सुमन एण्ड द स्ट्रो ब्याण्ड र पूर्ण राई एण्ड दाजुभाइ रहेको कार्यक्रम संयोजक सन्तोष महत(स्यान्ट्रो) ले जानकारी दिए। तेस्रो संस्करणको म्युजिक फेस्टिबलमा नेपाली चर्चित कलाकार, ब्याण्ड र विराटनगरका ख्याती प्राप्त संगीतकर्मीको समुह विराटनगर मिउजिसिएन् ग्रुप,स्थानीय डान्स क्लबहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा स्थानीय परिकारहरुको स्वाद दिन फुड स्टलहरु,अन्तराष्ट्रियस्तरको साउण्ड सिस्टम,स्टेज लाइट तथा एलइडी स्क्रिनको व्यवस्था मिलाईएको कार्यक्रम संयोजक महतले जानकारी दिए। कार्यक्रमको टिकट प्रवेश शुल्क प्रिसेलमा २०० रुपैया र डोर सेल(कार्यक्रमको दिन) मा ३०० रुपैया रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको अनुमानित लागत १४ लाख रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्