विराटनगरमा नहर सफाई अभियान

<span class='c1'>विराटनगरमा नहर</span> <span class='c2'>सफाई अभियान</span>

इन्दु साह
विराटनगर । विराटनगर ११ र ६ का स्थानीय युवाहरूले दशैं नजिकिँदै गर्दा नहर सफाई अभियान सुरु गरेका छन्।

सडकमा हिँड्ने मानिसहरूलाई नहरमा फोहोर नदेखियोस् भन्ने उद्देश्यका साथ नहर सफाई अभियान सुरु गरेका हुन्।

विराटनगर महानगरपालिकाको सरसफाई शाखाको सहयोगमा उक्त अभियान अघि बढाईएको हो। चाडपर्वमा सामान्यतया मानिसहरूले आफ्नो घर सफा गर्ने गर्छन्। तर यी युवाहरूले सार्वजनिक स्थान सफा गरेर समुदायलाई लाभ पुर्याउने प्रयास गरेका छन्।

विराटनगर महानगरले मात्र शहर सफा राख्न सक्दैन, सम्पूर्ण नागरिकहरूको सहयोग आवश्यक रहेको सरसफाई शाखाका प्रमुख पुनम दाहालले बताए। उनले नागरिकहरूलाई यस्तै किसिमको सहयोग निरन्तर रूपमा गरिरहन आग्रह गरेका छन्। वर्ष भरी नहरमा विभिन्न फोहोर फ्याक्ने गर्दछन् । नहर आसपासका नागरीकले फ्याकेको फोहोरले वर्षेनी नहरलाई दुर्गन्दित बनाउने गरेको छ । तर दशैँ र छठ जस्ता पर्वमा नहरलाई सफा गरीने चलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्