राष्ट्रिय युवा संसदको घोषणा, १६५ क्षेत्रबाटै युवा निर्वाचित गराइने

<span class='c1'>राष्ट्रिय युवा संसदको घोषणा, १६५</span> <span class='c2'>क्षेत्रबाटै युवा निर्वाचित गराइने</span>

काठमाडौं । ग्लोवल युथ पार्लामेण्टले ‘राष्ट्रिय युवा संसद २०२४-२०२६’ अभियानको घोषणा गरेको छ ।

देशभित्रका र विदेशमा छरिएका युवालाई राष्ट्र निर्माणको महान् यज्ञमा हातेमालो गर्नका लागि ‘राष्ट्रिय युवा संसद’ नामक अभियानको घोषणा गरिएको हो ।

मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एक भव्य समारोहकाबीच पूर्वप्रधानन्यायधीश शुशिला कार्कीको प्रमुख आतिथ्यतामा उक्त अभियानको घोषणा गरिएको हो । अभियानले युवालाई लोकतान्त्रिक प्रक्रिया र नेतृत्व भूमिकामा सशक्त र संलग्न गराउने, सामाजिक विकास र राष्ट्र निर्माणमा प्रतिबद्ध गराउने, जिम्मेवार र सक्रिय नागरिकको पुस्तालाई प्रवद्र्धन गर्दै युवालाई एकै ठाउँमा गोलबद्व गर्नका लागि दुई बर्षसम्म अभियान चलाइने अभियानका संयोजक एवम ग्लोवल युथ पार्लामेण्टका अध्यक्ष दिवाकर अर्यालले जानकारी दिए ।

‘अभियानले युवाको सशक्तीकरण, नेतृत्व विकास, र राजनीतिक तथा सामाजिक जागरुकतामा महत्वपूणर् योगदान पुर्याउने अपेक्षा छ । अभियानले नेपालका १६५ निर्वाचन क्षेत्रबाट १/१ जना सक्रिय युवालाई प्रोफाइल, सामाजिक प्रभाव र अनलाइन भोटिङको मिश्रित विधिबाट दुई वर्षका लागि चयन गर्नेछ । यस प्रक्रिया अन्तर्गत आगामी २०८२ साल बैशाख १ गते १६५ निर्वाचित गरी राष्ट्रिय युवा सांसदको घोषणा गरिनेछ,’ अर्यालले भने । कार्यक्रममा पूर्व प्रधानन्यायधीश शुशिला कार्कीले नयाँ पुस्ताले अब सरकार चलाउने लिड गर्नुपर्ने र पुरानो पुस्ताले विश्राम लिनुपर्ने बताइन । हाल सत्तामा रहेकाहरुले युवा हुँदा क्रान्ति गर्नुभएको, आन्दोलन गर्नुभयो, जेलनेल भोग्नुभयो तर त्यो गरेबापतमा उहाँहरुले सदावहार राजनीतिमा विरासत जस्तो गरेर बस्नु राम्रो नहुने बताइन ।
अभियानको घोषणा कार्यक्रममा महानायक राजेश हमालले युवाले आफूमा भएको उर्जालाई कसरी प्रयोग गर्ने भन्नेमा सदैव सचेत हुनुपर्ने र आफ्नो धरातलीय यथार्थका बारेमा पनि जानकार हुनुका साथै आफ्नो धरातलबाट कसरी माथी उढ्ने भन्नेमा सोच्नुपर्ने उनले बताए ।

बरिष्ठ पत्रकार एवं साहित्यकार डा.नवराज लम्सालले मुलुकका धेरै मान्छेहरु विभिन्न खाले अन्यौलमा देखिएको बताए । प्रत्येक मान्छे कसरी सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने भनेर मात्र सोचेको हुन्छ, तर सांसद मन्त्री र प्रधानमन्त्री भएपछि के गर्ने ? भनेर कसैले सोच्दैन्, त्यसैले आजका युवामा भिजन हुनु आवश्यक रहेको उनले बताए । बैकर्स मनोज ज्ञवालीले पुराना नेताहरुले धेरै संघर्ष गरेर नेपाललाई यहाँसम्म पुर्याउनमा उहाँहरुको महत्वपूणर् योगदान भएतापनि अब युवा पुस्ताले देशलाई हाक्नुपर्ने बेला आएको भन्दैं युवाहरु तात्नुपर्ने बेला आएको बताए । राजनीतिक अस्थीरता र देशमा धेरै दल हुँदा पनि देशको विकासको गति लिन सम्भव नभएको ज्ञवालीले बताए ।

अध्यक्ष अर्यालले मुलुकले २००७ सालको क्रान्ति यता अनेकन पटक राजनीतिक आन्दोलनको आरोह अवरोह ब्यहोरेपनि असल नागरिकलाई आर्थिक रुपमा सम्पन्न गराउने काम त्यस यताको सात दशकमा चित्तबुझ्दो ढंगले हुनसक्दा युवाहरुमा निरासा पलाएको, मुलुक आर्थिक संकटले जर्जर बनेको, उत्पादनका मार्गहरु बढ्नुको साटो भएका उद्योगधन्दा बन्द भएको, निराशाको भट्टीमा जलेका युवा पाखुरी खाडीका मुलुकहरुमा श्रम बेच्न बाध्य भएको बताए ।
उनले बिचार बोक्नसक्ने युवाहरु उच्च शिक्षाका नाममा युरोप, अमेरिका, अस्ट्रेलियातिर ‘ब्रेन ड्रेन’ का रुपमा भासिन विवश भएकाले अनेकन व्यवस्था परिवर्तनले पनि बदल्न नसकेको देश र नागरिकको अवस्था उल्ट्याउन अब बल भएका पाखुरी र विचार भएका दिमागी युवा एक ठाउँमा जोडिनुको बिकल्प नभएको बताए ।

अभियानका अभियन्ता निगम हुमागाईले सिंहदरबार, बालुवाटारसहितका शक्ति अखडाहरु उच्च वर्गको योजनामा भरिन थालेको र संसारकै गरीब जनताले तिरेको संसारकै मंहगो करबाट दलतन्त्रका आसेपासे र बिचौलिया वर्ग पोषिँदा विकास निर्माण बजेट सकाउने मेलोमा अडकिएकाले खबरादीका लागि अभियान महत्वपूणर् हुने बताए । कार्यक्रममा अभियन्ता हुमागाई, अभियान्ताहरु केपी खनाल, टासी ल्याम्जो, सरोज बानियाँ, चिकित्सक डा.निकोलश भुषाल, बरिष्ठ अधिबक्ता रमण कणर्, सन्तोष गिरी, मुस्कान खातुन, युवा उद्यमी श्रेया गिरी, चिकित्सक डा.राम्जी राम लगायतका युवाहरुले राष्ट्रिय युवा संसद घोषणाले देश तथा विदेशमा रहेका युवाहरुलाई एकठाउँमा जोडेर देश र देशब्यापीका लागि केहि नयाँ गर्ने प्रतिबद्वता जनाए ।

सन् २०१२ सालमा स्थापना गरिएको ग्लोवल युथ पार्लियामेन्टले विश्वभरमा ८६ देशका युवालाई जोडेर कार्यक्रम गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्