विराटनगरको सास्थम कलेजमा दशैँ कार्भिनल

<span class='c1'>विराटनगरको सास्थम कलेजमा</span> <span class='c2'>दशैँ कार्भिनल</span>

विराटनगर । विराटनगर १४ मलायरोडमा रहेकोे साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट ( सास्थम ) कलेजले ‘दशैँ कार्भिनल २०८१' भव्य रुपमा मनाएको छ ।

कलेजले सोमबार कलेज प्राङ्गगणामा एक भव्य कार्यक्रम आयोजना गरी ‘दशैँ कार्भिनल २०८१ मनाएको हो ।

आउदै गरेको नेपालीहरुको महान पर्व दशैँ तिहार तथा छठ पर्वको अवसर पारेर कलेजले हरेक बर्ष चाडपर्व लक्षित कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा कलेजका होटल मेनेजमेन्ट तथा विविए, एमविए विषयमा अध्ययनरत विभिन्न सेमेस्टारका विद्यार्थीहरुले विविध सास्कृति कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।कलेजका विद्यार्थी देवराज ढुङ्गगना र सफला मगरले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य , कविता तथा शिर्ष व्याण्डको प्रस्तुति समेत दिएका थिए ।

विद्यार्थीहरुलाई पढाईका अतिरिक्त विभिन्न व्यावसायिक तथा नेपालीहरुको चार्डपर्व बारे जानकारी गराउन लागि बेला बेला कार्यक्रम गर्दै आएको विविए तथा एमविए कार्यक्रमका संयोजक विनय विष्णु केसीले जानकारी दिए । कार्यक्रममा सास्थम कलेजका निर्देशक रोशन थापा , प्रिन्सीपल देवराज श्रेष्ठ , विभिन्न संकायका प्रमुख शिक्षक शिक्षिका ,कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको कलेजका प्रशासन प्रमुख राजेश गुरुङले जानकारी दिए । कलेजले हरेक बर्ष यस्ता सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्