लायन्स क्लव डिष्ट्रिक ३२५ सीले पन्ध्र हजार अमेरिकी डलर बाढी पीडितलाई वितरण गर्ने

<span class='c1'>लायन्स क्लव डिष्ट्रिक ३२५ सीले पन्ध्र हजार</span> <span class='c2'>अमेरिकी डलर बाढी पीडितलाई वितरण गर्ने</span>

विराटनगर । लायन्स अन्तराष्ट्रिय ले नेपालको बाढी पीडित तथा प्रभावितको लागि एकलाख अमेरिकी डलर तत्कालिन राहत वितरणका लागि स्वीकृत गरेको छ । लायन्स अन्तराष्ट्रिय फाउन्डेशनले नेपालमा बाढी पीडितका लागि आपतकालिन सहयोग अन्तर्गत यो रकम हस्तान्तरण गरेर वितरण गर्ने तयारी गरेको हो ।

जसमध्ये लायन्स क्लव डिस्ट्रिक ३२५ सी ले पन्ध्र हजार अमेरिकी डलर बराबरको सहयोग कोशी प्रदेशमा वितरण गर्ने गर्भनर विकास अधिकारीले जानकारी दिएका छन् । ‘हाम्रो डिष्ट्रिक ३२५ सी ले कोशी प्रदेशमा अन्तराष्ट्रिय पोलिसी अनुसार पन्ध्र हजार डलरको सहयोग तत्काल राहत स्वरुप उपलब्ध गराउने छ, अधिकारीले भने–बाढी बाट उच्च जोखिममा परेका नागरिकसम्म राहत पु¥याउने छौं ।

पछिल्लो तीन दिनमा समेत पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले बुधबार बिहान जारी गरेको सूचना अनुसार ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना छ । त्यसैले आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्