सरकारको आलोचनालाई थाँती राखेर सहयोगको चरणमा आइपुगेका छौं : सभापति लामिछाने

<span class='c1'>सरकारको आलोचनालाई थाँती राखेर सहयोगको चरणमा</span> <span class='c2'>आइपुगेका छौं : सभापति लामिछाने</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले अब चाडपर्वको बेलामा आम नागरिकलाई सेवा दिने सन्दर्भमा सरकारलाई सुझाउने बताएका छन् ।

बुधबार पार्टी कार्यलय बनस्थलीमा भएको छलफलमा उनले हिजोसम्म सरकारले यो किन गरेन यस्तो किन ग¥र्या भनेर आलोचना र टिकाटिप्पणी गरेतापनि अब सरकारको आलोचना मात्र नगरी सल्लाह सुझाव पनि दिने बताएका हुन् ।

उनले भने, ‘अब हामी दोस्रो मोडमा आएका छौं । हिजोसम्म हामीले सरकारले यो किन गरेन यस्तो किन ग¥र्यो भनेर आलोचना र टिकाटिप्पणी ग¥यौं । अब यो चाडपर्वका बेलामा आम नागरिकलाई कसरी सेवा दिने । सरकारलाई कहाँ कहाँ हामीले साथ दिने र कुन ठाउँमा खबरदारी गर्ने हो गर्ने छौं । हामीले अब आलोचना होईन सरकारलाई सल्लाह सुझाव दिने छौं ।’

उनले बाढी–पहिरो विपद्मा परेका नागरिकहरुको उद्दार कार्यमा रास्वपाको कार्यकर्ता सबैभन्दा बढि खटेको भएतापनि प्रचार प्रसार भने कम गरेको बताए ।
उनले अब सरकारको आलोचनालाई सकाएर सहयोगको चरणमा रास्वपा आइपुगेको भन्दै एउटा राजनीतिक दलको जिम्मेवारी पूरा गर्नका लागि अब सरकारको सहयोगी भन्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्